Logo

आइतवार, श्रावण २४ गते २०८३

images

बढ्यो सुनचाँदीको भाउ

बढ्यो सुनचाँदीको भाउ

दैनिकी न्यूज

७, श्रावण २०८३
बढ्यो सुनचाँदीको भाउ
images

काठमाडौं । स्थानीय बजारमा बिहीबार सुनचाँदीको भाउ सामान्य रुपमा बढेको छ । हिजो बुधबारको तुलनामा सुन तोलामा ३०० रुपैयाँ र चाँदी २५ रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार एक तोला छापावाल सुनको मूल्य दुई लाख ९१ हजार ३०० रुपैयाँ र त्यति नै परिमाणको सेतो धातुको भाउ चार हजार ५०५ रुपैयाँ निर्धारण भएको छ ।

हिजो एक तोला छापावाल सुनको मूल्य दुई लाख ९१ हजार रुपैयाँ र त्यति नै परिमाणको सेतो धातुको भाउ चार हजार ४८० रुपैयाँ निर्धारण भएको थियो ।

गत मंगलबार प्रतितोला छापावाल सुनको मूल्य दुई लाख ८५ हजार ६०० रुपैयाँ र त्यति नै परिमाणको चाँदी चार हजार ३७० रुपैयाँमा कारोबार भएको थियो ।

images
प्रकाशित मिति :श्रावण ७, २०८३ बिहिवार - १४:०५:२८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology