Logo

आइतवार, श्रावण २४ गते २०८३

images

‘एकछाक खाजामा केटाकेटी पढाइदिन्थेँ’ : नायक राज घिमिरे

‘एकछाक खाजामा केटाकेटी पढाइदिन्थेँ’ : नायक राज घिमिरे

दैनिकी न्यूज

१६, भाद्र २०७५
‘एकछाक खाजामा केटाकेटी पढाइदिन्थेँ’ : नायक राज घिमिरे
images

गाउँभरिका केटाकेटी जम्मा गरेर ट्युसन पठाउथे उनी । त्यसवापत उनी मात्रै खाजाको आशा राख्थे । अन्य कुनै शुल्क लिँदैनथे । स्कूले जीवन पढ्दा अभिनेता राज घिमिरेको दैनिकी यस्तै थियो । दिनभरी मजदुरी र ज्यामी काम गर्थे उनी । कसैले केही पैसा दिन्छ भने अरुको मजदुरी गर्न काम गरिदिन्थे ।

विहान बेलुकी काम गरेर पढाई खर्च जुटाउँथे । ‘म त्यसै हिरो भएको होइन । यति दुःख भोगेँ रत समाज र कलाकारितालाई राम्ररी चिन्न सक्छु,’ उनी भन्छन्, ‘समाज र कलाकारिता एकअर्काका परिपूरक हुन, यी दुवै पाटोलाई एकैसाथ अघि बढाउन सकियो भने त्यो दुवैको हितमा हुन सक्छ ।’ उनी ‘चपली हाइट र भिजिलान्ते’ ३ डि फिल्मबाट चर्चामा आएका थिए । यी फिल्म उनका चिनारी पनि हुन् । फिल्मी क्षेत्रमा आउनका लागि के गरेनन् उनी ।

२०५५ सालमा डालोमा दालमोट बदाम बेच्न हिड्थे । सित्तैमा ट्युसन पढाउथे, खेताला जानेलगायत अनेकन दुःख भोगेका छन् उनी । उनले किट्नी कलेजमा प्लस टु गरेका थिए । त्यतिबेला पढाई शुल्क बुझाउने रकम नभएर आमाको तिलरी र खड्खुलो बेचेका थिए । ‘१८ सयमा तिलरी र खड्खुलो बेचेर पढेको हुँ,’ उनले सुनाए, ‘त्यति गरेर पनि पढाइमा ‘टप’ भएको थिएँ ।’ घरको आर्थिक अवस्था निकै नाजुक भएकाले पनि उनी प्लस टु भन्दा माथिको शिक्षा हासिल गर्न पाएनन् ।

पढाइ छाडेपछी उनी फिल्मी क्षेत्र र पाटन क्षेत्रमा ट्युसन पढाउने काम गर्थे । त्यहीँ शिलशीलामा फिल्मी क्षेत्रमा काम गर्न अवसर पाएपछि उनले बाटो मोडेका थिए । अहिले उनी फिल्मी क्षेत्रमा मात्रै लागेका छैनन् । समाजलाई सपार्ने र सम्मुनत सपना बोकेर हिडेका छन् । आफूले भोगेको दुःख बिर्सेर गरिबलाई सहयोगमा खटेका छन् । गोदावरी क्षेत्रमा सोलार बत्ती बाल्ने, सडक बनाउन पहल गर्ने, स्थानीयलाई प्रशासनिक कार्यमा झन्झट भएको थाहा पाए तुरुन्त गएर काम छिटो सकाउने पहल गरिदिने, बन्द सडक खुलाउन पहल गर्ने, किसानका समस्या हल गर्न पहल गर्ने, उपचार गर्न नसक्नेलाई आर्थिक सहयोग गर्नेलगायत थुपै कार्य गरेका छन् । पछिल्लो समय कलाकारिता क्षेत्रमा भन्दा उनी सामाजिक क्षेत्रमा बढी चासो दिन्छन् ।

गोदावरीको विकासमा सरोकारवाला निकायसँग हातेमालो पनि गर्दै आएका छन् उनी । ‘मैले फिल्मी क्षेत्रलाई चटक्कै छाड्दििनँ यो सँगसँगै सामाजिक कार्यमा पनि उत्तिकै चासो दिन्छु,’ उनले भने, ‘पहिले समाजलाई बुझेपछि कलाकारिता गर्न झन् सहज हुन्छ ।’ उनले आफूलाई कलाकारिता क्षेत्रमा ल्याउनका लागि २५ बर्ष दुःख गरेका थिए । उनी अहिले गोदावरीको विकास गर्नुपर्छ भन्ने मेरो बाल्यकाल देखिको इच्छा हो । उनका अनुसार केही व्यक्तिको स्वार्थले गर्दा गोदावरीमा क्रिकेट स्डेडियम बनेन ।

उनले त्यसलाई यही बनाउनुपर्छ भनेर कसरत गरिरहेका छन् । यसअघि टौखेलको पुष्पाञ्जलीमा पुगेर उद्धार कार्य पनि गरेमा थिए । राजनीतिक र सामाजिक विषय र कलाकारीतालाई सँगै अघि बढाउनेको उनको इच्छा छ । आफ्नो जीवन गरिब, दुःखी, असाह्य र रोगीको सेवा गर्दै गोदावरीलाई नमुना बनाउन लाग्ने उनको योजना छ ।

images
प्रकाशित मिति :भाद्र १६, २०७५ शनिवार - १५:४६:११ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology