Logo

आइतवार, श्रावण २४ गते २०८३

images

धादिङका प्रदेश सांसद सिंखडाले आफ्नै छोरीलाई किर्ते नागरिकता बनाएको पुष्टि

धादिङका प्रदेश सांसद सिंखडाले आफ्नै छोरीलाई किर्ते नागरिकता बनाएको पुष्टि

दैनिकी न्यूज

२३, जेठ २०७६
धादिङका प्रदेश सांसद सिंखडाले आफ्नै छोरीलाई किर्ते नागरिकता बनाएको पुष्टि
images

धादिङ, जेठ २३ । धादिङ जिल्ला क्षेत्र नम्वर २ ‘ख’ का प्रदेश सांसद जगत बहादुर सिंखडाले आफ्नी छोरीलाई भाइ धनबहादुरको छोरी बनाइ नागरिकता बनाइ दिएको उनी निकट एकजना पत्रकारले पुष्टि गरेका छन । पत्रकार दयानिधी भट्टले प्रदेश सांसद जगत बहादुर सिंखडाले जनयुद्धमा लागेको बेला छोरीको सुरक्षालाई ध्यान दिएर भाइलाई पाल्न दिएको दैनिकीन्युजलाई बताए ।

पत्रकार भट्टका अनुसार 'जगत माओवादीमा हिडेका कारण छोराछोरी असुरक्षित हुने भएकाले पाल्न दिएको हो ।' जगत २०५४ सालदेखी माओवादीमा लागेका हुन । तर जगतका चारजना छोराछोरी छन सबैलाई भाइ धनबहादुरले आफ्नो सन्तान बनाएका छन कि छैनन पत्रकार भट्टले खुलाएनन । पत्रकार भट्टकै भनाइका आधारमा हेर्दा जगतका भाइ धनबहादुरले दाइको छोरी पालेको देखिए पनि कानुनी रुपमा त्यो अबैधानिक देखिन्छ ।

नेपालको संविधान २०७२ अनुसार कसैको छोराछोरी राख्न, धर्मपुत्र पाल्न आफ्नो सन्तान नभएको हुनुपर्ने देखिन्छ तर जगतका भाइ धनबहादुरको दुइवटा सन्तान छन यस्तो अबस्थामा गैरकानुनी रुपमा दाइको छोरीलाई आफ्नो छोरी बनाएर नागरिकता दिलाउनु मिल्दैन । धनबहादुरलाई बाबू बनाइ २०६९ असार १० गते जिल्ला प्रशासन कार्यालयबाट रोशनी सिंखडाले नागरिकता लिएको रेकर्डमा देखिन्छ जबकी त्यो बेला नेपालमा शान्ति प्रक्रिया मात्रै होइन संविधान सभाको निर्वाचन समेत भइसकेको थियो ।

दाइको छोरीलाई आफ्नै छोरी बनाइ नागरिकता बनाइदिएको बारे गृह मन्त्रालयले पनि छानविन गरिरहेको जनाएको छ । तर सत्तारुढ दलकै नेता भएका कारण उक्त प्रकरण माथिको छानवीन प्रभावित हुने खतरा भने रहेको देखिन्छ । नागरिकता लिनको लागि शैक्षिक प्रमाणपत्र पेश गरे पुग्ने भएकोले जिल्ला प्रशासन कार्यालय धादिङले सोही प्रमाणपत्रका आधारमा नागरिकता दिएको बताएको छ । रोशनीको १२ कक्षाको शैक्षिक प्रमाणपत्रमा वाबुको नाम धनबहादुर नै रहेको पोखराको अमरज्योती उच्च मावि बिद्यालयले पुष्टि गरेको छ । यसैबिच उक्त समाचार हटाउन पत्रकार दयानिधी भट्टले दैनिकीन्युजका सम्पादकलाई पटक–पटक फोन गरी दवाब दिएको अडियो हामीसँग सुरक्षित छ ।  

यो पनि पढ्नुहोस

आफ्नै छोरीलाई किर्ते नागरिकता बनाएको प्रदेश सांसद सिंखडामाथि गम्भीर आरोप

एक नेताको खुलासा-‘नेकपालाई नवधनाढ्यले कब्जा गरे’

images
प्रकाशित मिति :जेठ २३, २०७६ बिहिवार - ०९:१९:३२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology