Logo

आइतवार, श्रावण २४ गते २०८३

images

चापागाउँ डिएसपीको पहिलो एक्सनः ठूलो रकम रहित ११ जुवाडे पक्राउ (हेर्नुहोस नामावलीसहित)

चापागाउँ डिएसपीको पहिलो एक्सनः ठूलो रकम रहित ११ जुवाडे पक्राउ (हेर्नुहोस नामावलीसहित)

राजु नेपाल

५, माघ २०७६
चापागाउँ डिएसपीको पहिलो एक्सनः ठूलो रकम रहित ११ जुवाडे पक्राउ (हेर्नुहोस नामावलीसहित)
images

ललितपुर, माघ ५ । ललितपुर प्रहरीले ९ लाख ७ हजार ८४ नगद सहित ११ जना जुवाडेलाई पक्राउ गरेको छ । गोदावरी नगरपालिका वडा नं. १३ झरुवारासीमा रहेको एक घरमा हारजित हुने गरी जुवातासको अखडा बनाइ जुवा खेलिरहेको अबस्थामा महानगरीय प्रहरी वृत्त चापागाउँका डिएसपी कृष्णराज ओझा र प्रहरी निरीक्षक राजेन्द्र थापा नेतृत्व टोलीले ११ जनालाई नगदसहित प्रकाउ गरेको हो ।

ओझा १ महिना अगाडि मात्र चापागाउँ वृत्तको नेतृत्व सम्हालेका डिएसपी हुन् । पक्राउ पर्नेमा गोदावरी नगरपालिका वडा नं. १२ का सानुकान्छा महर्जन, वडा नं. १३ का नितेश थापा, नविन रावल, कुमार लामा, मिलन केसी, पवन खड्का र वडा नं. १४ का रुपेश महर्जन, कृष्ण महर्जन, राजेश महर्जन, आशिष महर्जन, निराजन महर्जन रहेको डिएसपी ओझाले जानकारी दिए ।

तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ वृत्त चापागाउँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९ लाख ७८४ रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई तास, जुवा ऐनअन्तर्गत कारबाही हुने प्रहरीले जनाएको छ । 

images
प्रकाशित मिति :माघ ५, २०७६ आइतवार - ११:००:५८ बजे

 

राजु नेपाल

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology