Logo

आइतवार, श्रावण २४ गते २०८३

images

लक डाउनमा समस्या परेकालाई राहत बाड्दै नायक घिमिरे

लक डाउनमा समस्या परेकालाई राहत बाड्दै नायक घिमिरे

दैनिकी न्यूज

१४, चैत्र २०७६
लक डाउनमा समस्या परेकालाई राहत बाड्दै नायक घिमिरे
images

ललितपुर, चैत १४ । चपली हाइटबाट चर्चा कमाएका नायक राज घिमिरेले ललितपुरका विभिन्न स्थानमा लकडाउनको मारमा परेका परिवारहरुलाई राहत बाडेका छन् ।

ललितपुरका गोदावरी, किट्नी, टौखेल, बिष्टछाप, पौडेल र नहर क्षेत्रका १७ गरिव, एक महिला, अपाङ्ग, विरामी परिवारलाई राहत वितरण गरेको घिमिरेले दैनिकीन्युजलाई बताए । प्रति परिवार १ बोरा चामल, १ केजी आलु, १ केजी दाल, १ प्याकेट मसला, १ केजी नुन र डेढ लिटर तेल बाडेको उनले बताए । विश्व नै कोरना भाइरस (कोभिड–१९) बाट आक्रान्त भएकोले दिनदुःखीलाई आफ्नै व्यक्तिगत स्रोतबाट उपलब्ध गराएको घिमिरेको भनाई छ । ‘व्यक्तिगत स्रोतबाट खर्च गरेको हुँ,' घिमिरेले भने ।

घिमिरेले लकडाउन हुनुभन्दा अगाडि पनि ललितपुरका विभिन्न क्षेत्रका पुगेर मास्क, सेनेटाइजर वितरण गर्नुको साथै जनचेतना फैलाएका थिए । घिमिरे नेकपा ललितपुरको जिल्ला सदस्य, कला तथा संस्कृत विभागकाका संयोजक हुन् । 

images
प्रकाशित मिति :चैत्र १४, २०७६ शुक्रवार - ११:२३:३५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology