काठमाडौं, जेठ २ । पछिल्लो कोरोना परीक्षण रिर्पोट अनुसार थप ९ जना कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मकवानपुरमा १ जना र बाँकेमा ८ जना संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा थप ९ जनामा कोरोना संक्रमण देखिएको हो । मकवानपुर निवासी ३७ वर्षीय पुरुष र बाँके नैनापुर १, ३ र ५ नम्बर वडाका ८ जनामा कोरोना देखिएको स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए ।
९ जना संक्रमित थपिएसंगै नेपालमा संक्रमितको संख्या २५८ पुगेको छ, जसमा ३६ जना निको भइ घर फर्किसकेका छन् । 