Logo

आइतवार, श्रावण २४ गते २०८३

images

यी हुन् काठमाडौंमा कोरोना भाइरस संक्रमित ३ जना, जसले यस्तो काम गर्थे

यी हुन् काठमाडौंमा कोरोना भाइरस संक्रमित ३ जना, जसले यस्तो काम गर्थे

दैनिकी न्यूज

१२, जेठ २०७७
यी हुन् काठमाडौंमा कोरोना भाइरस संक्रमित ३ जना, जसले यस्तो काम गर्थे
images

काठमाडौं, जेठ १२ । काठमाडौंमा ३ जनामा कोरोना भाइरसको संक्रमण पाइएको छ । जसमध्ये एक जना किराना पसले, ज्योतिषी र निजी गाडीमा बिरामी ओसार्ने युवा रहेका छन् । सोमबार फेला परेको संक्रमित टोखा नगरपालिका ३ र ६ का दुई जना छन् भने अर्को एक जना बुढानिलकण्ठ नगरपालिका ३ का ३७ वर्षीय पुरुष रहेका छन् । जसले निजी गाडीमा बिरामी ओसार्दै आइरहेका थिए । उनले ६ वटा गाडीलाई एम्बुलेन्स बनाएर बिरामीले सेवा दिँदै आइरहेका थिए । आज एकै पटक ७२ जनामा कोरोना संक्रमित थपिएका थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रौतहट, बारा, काठमाडौं, कपिलवस्तु, दैलेखलगायतका जिल्लामा संक्रमित भेटिएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६७५ पुगेको छ ।

images
प्रकाशित मिति :जेठ १२, २०७७ सोमवार - १२:५८:४१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology