Logo

आइतवार, श्रावण २४ गते २०८३

images

निम्न चापीय प्रणालीको प्रभाव, मेघगर्जन सहित वर्षाको सम्भावना, सचेत रहन आग्रह

निम्न चापीय प्रणालीको प्रभाव, मेघगर्जन सहित वर्षाको सम्भावना, सचेत रहन आग्रह

दैनिकी न्यूज

१३, जेठ २०७७
निम्न चापीय प्रणालीको प्रभाव, मेघगर्जन सहित वर्षाको सम्भावना, सचेत रहन आग्रह
images

काठमाडौ, जेठ १३ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालको पुर्वी भू–भाग आसपासमा निम्न चापीय प्रणाली रहेको छ साथै स्थानीय वायुको पनि प्रभाव रहेको छ।

महाशाखाका अनुसार हाल देशको पहाडी भू–भागका केहि स्थानमा आँशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ।

पूर्वी तथा मध्य भू–भाग लगायत पश्चिमी पहाडी भू–भागमा मेघगर्जन÷चट्याङ÷हावाहुरीसहित वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध छ।

हालको मौसमको अवस्था

हाल  देशको  पहाडी भू-भागका केहि स्थानमा आँशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

जेठ १३ गते (मंगलबार)

दिउँसोः देशको  पूर्वी  तथा  मध्य भू-भाग लगायत पश्चिमी पहाडी भू-भागहरुमा अपरान्ह पश्चात  सामान्य बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। मध्य तथा  पूर्वी भू-भागका थोरै स्थानहरुमा  र पश्चिमी पहाडी भू-भागका एक-दुई स्थानहरुमा  मेघगर्जन/चट्याङ/हावाहुरी  सहित  वर्षाको  सम्भावना रहेको छ।

रातीः  देशको पूर्वी तथा  मध्य भू-भागमा सामान्य बदली रहनेछ।पश्चिमी पहाडी  भू-भागहरुमा  आंशिक  बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया मौसम सफा रहनेछ। पूर्वी  र मध्य  भू-भागका थोरै स्थानहरुमा साथै पश्चिमी पहाडी भू-भागका एक-दुई स्थानहरुमा मेघगर्जन/चट्याङ/हावाहुरी  सहित  वर्षाको  सम्भावना रहेको छ।

जेठ १४ गते (बुधबार)

दिउँसोः देशको  पूर्वी तथा  मध्य भू-भाग लगायत पश्चिमी पहाडी भू-भागहरुमा  सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदली रहनेछ। मध्य तथा  पूर्वी भू-भागका केही स्थानहरुमा साथै  पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरुमा  मेघगर्जन/चट्याङ/हावाहुरी  सहित  वर्षाको  सम्भावना रहेको छ।

रातीः  देशको पूर्वी तथा  मध्य भू-भागमा सामान्य बदली रहनेछ। पश्चिमी  भू-भागहरुमा  आंशिक  बदली रहनेछ।पूर्वी  तथा मध्य  भू-भागका थोरै स्थानहरुमा साथै पश्चिमी भू-भागका  एक-दुई स्थानहरुमा  मेघगर्जन/चट्याङ/हावाहुरी  सहित  वर्षाको  सम्भावना रहेको छ।

जेठ १५ गते (बिहिबार)

दिउँसोः देशको  पश्चिमी  भू-भाग लगायत मध्य र पूर्वी  पहाडी भू-भागहरुमा  सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहनेछ। पश्चिमी  भू-भागका केहि स्थानहरुमा साथै मध्य तथा  पूर्वी पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ/हावाहुरी  सहित  वर्षाको  सम्भावना रहेको छ।

रातीः  देशको मध्य र पूर्वी  भू-भाग लगायत पश्चिमी पहाडी भू-भागमा सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहनेछ। मध्य र पूर्वी  भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ/हावाहुरी  सहित  वर्षाको  सम्भावना रहेको छ।

images
प्रकाशित मिति :जेठ १३, २०७७ मंगलवार - ०७:०५:११ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology