काठमाडौँ, जेठ १३ । सुर्खेत जिल्लामा थप १२ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।
मंगलबार पुष्टि भएका सबैजना सुर्खेतका हुन् ।
प्रदेशको समाजिक विकास मन्त्रालयका अनुसार थपिएका संक्रमित वीरेन्द्रनगर, भेरीगंगा र सिम्ताका रहेका छन् । यसमध्ये ११ जना पुरुष र एक जना महिला रहेक छन् ।
अब कर्णालीमा कुल संक्रमित संख्या २३ जना पुगेको छ ।
