Logo

आइतवार, श्रावण २४ गते २०८३

images

सामाजिक रुपान्तरणका लागि इच्छुकको योगदान महत्वपूर्ण

सामाजिक रुपान्तरणका लागि इच्छुकको योगदान महत्वपूर्ण

दैनिकी न्यूज

१३, जेठ २०७७
सामाजिक रुपान्तरणका लागि इच्छुकको योगदान महत्वपूर्ण
images

काठमाडौँ, जेठ १३ । प्रेस सङ्गठन नेपालले जनपक्षीय पत्रकार तथा साहित्यकार शहीद कृष्णसेन ‘इच्छुक’ ले राजनीतिक परिवर्तन र सामाजिक रुपान्तरणका लागि दिनुभएको योगदान महत्वपूर्ण भएको जनाएको छ । इच्छुकको १८औँ स्मृति दिवसका अवसरमा सङ्गठनका संयोजक महेश्वर दाहाल र सहसंयोजक गणेश बस्नेतले आज जारी गरेको विज्ञप्तिमा जनपक्षीय पत्रकारिताका धरोहर तथा नेपाली प्रगतिवादी साहित्यका अग्रणी र आर्दश व्यक्तित्व ‘इच्छुक’ प्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गरिएको छ ।

सङ्गठनले कोरनो भाइरसबाट बच्न जारी बन्दाबन्दीका अवस्थामा उहाँको स्मृतिमा प्रदान गरिने केन्द्रीयस्तरको पुरस्कार पछि वितरण गरिने जनाएको छ । विसं २०१३ कात्तिक ३ दिने जन्मिनुभएका ‘इच्छुक’ २०५९ जेठ १३ गते महेन्द्र पुलिस क्लबको हिरासतमा मारिनुभएको थियो । उहाँका शोकाञ्जलि ९२०४८०, इतिहासको यस घडीमा ९२०५६० बन्दी र चन्द्रागिरि ९२०५८० आदि कृति प्रकाशित छन् । सङ्गठनले मातहतका कमिटीका हकमा भने सम्भव भएमा नेपाल सरकारले लागू गरेको बन्दाबन्दीको नियमलाई पूर्णपालना गर्दै रचनात्मक कार्यक्रम आयोजना गरेर स्मृति दिवस मनाउन आग्रह गरेको छ । रासस

images
प्रकाशित मिति :जेठ १३, २०७७ मंगलवार - ०९:३७:५३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology