Logo

आइतवार, श्रावण २४ गते २०८३

images

टिपरको ठक्करबाट ड्युटीमा रहेका सईको मृत्यु

टिपरको ठक्करबाट ड्युटीमा रहेका सईको मृत्यु

दैनिकी न्यूज

१३, जेठ २०७७
टिपरको ठक्करबाट ड्युटीमा रहेका सईको मृत्यु
images

भक्तपुर, जेठ १३ । टिपरको ठक्करबाट ड्युटीमा खटिएका सई निमबहादुर घर्ती मगरको मृत्यु भएको छ ।

मध्यपुर थिमि नगरपालिका वडा नं. ४ नयाँथिमीमा सोमबार राति काठमाडौंबाट भक्तपुरतर्फ आउँदै गरेको बा ४ ख ४७०१ नम्बरको खाली टिपरले ठक्कर दिदा उनको मृत्यू भएको हो ।

पूर्वी रुकुमस्थित इलाका प्रहरी कार्यालय रुकुमकोटमा दरबन्दी रहेका सई घर्ती महानगरीय प्रहरी वृत्त थिमीमा कार्यरत थिए ।

४५ वर्षीय सई निमबहादुर घर्तीको स्थायी घर दाङको रामपुर हो ।

images
प्रकाशित मिति :जेठ १३, २०७७ मंगलवार - ०९:५९:५२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology