Logo

बिहिवार, कार्तिक ६ गते २०८३

images

टिपरको ठक्करबाट ड्युटीमा रहेका सईको मृत्यु

टिपरको ठक्करबाट ड्युटीमा रहेका सईको मृत्यु

दैनिकी न्यूज

१३, जेठ २०७७
टिपरको ठक्करबाट ड्युटीमा रहेका सईको मृत्यु
images

भक्तपुर, जेठ १३ । टिपरको ठक्करबाट ड्युटीमा खटिएका सई निमबहादुर घर्ती मगरको मृत्यु भएको छ ।

मध्यपुर थिमि नगरपालिका वडा नं. ४ नयाँथिमीमा सोमबार राति काठमाडौंबाट भक्तपुरतर्फ आउँदै गरेको बा ४ ख ४७०१ नम्बरको खाली टिपरले ठक्कर दिदा उनको मृत्यू भएको हो ।

पूर्वी रुकुमस्थित इलाका प्रहरी कार्यालय रुकुमकोटमा दरबन्दी रहेका सई घर्ती महानगरीय प्रहरी वृत्त थिमीमा कार्यरत थिए ।

४५ वर्षीय सई निमबहादुर घर्तीको स्थायी घर दाङको रामपुर हो ।

images
प्रकाशित मिति :जेठ १३, २०७७ मंगलवार - ०९:५९:५२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology