Logo

सोमवार, श्रावण २५ गते २०८३

images

संविधान संशोधनमा सहमतिको प्रयास

संविधान संशोधनमा सहमतिको प्रयास

दैनिकी न्यूज

१४, जेठ २०७७
संविधान संशोधनमा सहमतिको प्रयास
images

काठमाडौँ, जेठ १४ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनका लागि संसद्मा प्रतिनिधित्व गर्ने दलहरूसँग परामर्श गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मङ्गलबार भएको परामर्श बैठकमा संविधान संशोधनका लागि सहमतिको प्रयास गरिएको हो ।
नेपालको निशान छापभित्र अङ्कित नेपालको नक्सालाई नेपालको वास्तविक सीमाअनुरूप मिलाउन सरकारले संसद्मा संविधान संशोधन प्रस्ताव दर्ता गराएको छ । यसमा समर्थन जुटाउन प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाउनुभएको थियो । बैठकमा नेपाली काँग्रेसले पार्टीभित्र थप छलफल गर्नुपर्ने भन्दै केही समय मागेको छ । बैठकमा सहभागी नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का सचिवालय सदस्य एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालका अनुसार बैठकमा सहभागी दलहरू संविधान संशोधन प्रस्तावमा सकारात्मक देखिएका छन् । यद्यपि यसबारे निर्णय भने भएन ।
यसअघि काँग्रेसले पदाधिकारी बैठक बसी सरकारले संशोधन गर्न लागेको विषयमा छलफल गरेको थियो । प्रधानमन्त्री ओलीले बोलाउनुभएको सर्वदलीय बैठकमा काँग्रेसले केन्द्रीय समितिको बैठकसम्मका लागि समय माग गरेको बताइएको छ । बैठकमा सहभागी राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टी, जनमोर्चा नेपालका नेताहरूले भने प्रस्तावमा सहमति जनाउनुभएको छ । राष्ट्रिय तथा राष्ट्रियताको मुद्दामा सबै दल एक रहेको सन्देश दिनुपर्ने समय आएको बताउँदै उहाँहरूले नक्साका लागि हुन लागेको संविधान संशोधनमा पार्टीको तर्फबाट पूर्ण समर्थन रहने धारणा राख्नुभएको पूर्वप्रधानमन्त्री खनालले बताउनुभयो ।
संसद्मा तेस्रो ठूलो दल जनता समाजवादी पार्टी नेपालले भने प्याकेजमै संविधान संशोधन हुनुपर्ने प्रस्ताव गरेको छ । जनता समाजवादी पार्टीका तर्फबाट बोल्नुहुँदै महन्थ ठाकुरले नेपालको निशान छापभित्र अङ्कित नेपालको नक्सालाई नेपालको वास्तविक सीमाअनुरूप मिलाउन हुने संविधान संशोधनमा आफूहरूको कुनै आपत्ति नभएको बताउनुभएको थियो । तर उहाँले विगतदेखि आफूहरूले उठाउँदै आएको माग पनि यसैसाथ सम्बोधन गरी प्याकेजमै संशोधन हुनुपर्ने बताउनुभएको नेकपाका स्थायी कमिटी सदस्य एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताउनुभयो । जसपा नेपालका नेतासमेत रहनुभएका पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईले भौगोलिक अखण्डताको विषयमा दलहरूबीच मतभिन्नता नरहेको बताउँदै भारतसँग वार्ताका लागि प्रधानमन्त्री ओलीलाई नेतृत्व गर्न आग्रह गरिएको बताउनुभयो । गोरखापत्र दैनिकमा सुरेश यादवले लेखेका छन् ।

images
प्रकाशित मिति :जेठ १४, २०७७ बुधवार - ०६:२३:३३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology