Logo

सोमवार, श्रावण २५ गते २०८३

images

पूर्वी भागमा निम्न चापीय वायुको प्रभाव, देशैभर भीषण वर्षा हुनसक्ने, सचेत रहन आग्रह

पूर्वी भागमा निम्न चापीय वायुको प्रभाव, देशैभर भीषण वर्षा हुनसक्ने, सचेत रहन आग्रह

दैनिकी न्यूज

१४, जेठ २०७७
पूर्वी भागमा निम्न चापीय वायुको प्रभाव, देशैभर भीषण वर्षा हुनसक्ने, सचेत रहन आग्रह
images

काठमाडौं, जेठ १४ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालको पुर्वी भू–भाग नजिकै निम्न चापीय प्रणाली रहेको छ । साथै स्थानीय वायुको पनि प्रभाव रहेको छ।

महाशाखाका अनुसार हाल देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको देखिन्छ।

पूर्वी भू–भाग र मध्य तथा पश्चिम पहाडी भू–भागमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित वर्षाको सम्भावना रहेकोले तथा नेपालको पश्चिमी तराइका जिल्लाहरुमा तापक्रम बृद्धि हुनसक्ने देखिएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

जेठ १४ गते (बुधबार)

दिउँसोः देशको  पूर्वी भू-भाग तथा  मध्य पहाडी भू-भागहरुमा  सामान्य बदली र पश्चिमी भूभागमा आंशिक बदली रहि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । पूर्वी भू-भाग तथा मध्य पहाडी भू-भागका केही स्थानहरुमा साथै पश्चिमी पहाडी भू-भागका मध्यान्नपछि थोरै  स्थानहरुमा  मेघगर्जन/चट्याङ/हावाहुरी  सहित  वर्षाको  सम्भावना रहेको छ।

रातीः  देशको  पूर्वी र  मध्य भू-भागहरुमा  सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। पूर्वी तथा मध्य भू-भागका केही स्थानहरुका साथै पश्चिमी  भू-भागका  एक-दुई स्थानहरुमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।

जेठ १५ गते (बिहिबार)

दिउँसोः देशको  पश्चिमी  भू-भाग लगायत मध्य र पूर्वी  पहाडी भू-भागहरुमा  सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहनेछ । पश्चिमी भू-भागका केहि स्थानहरुमा साथै मध्य तथा पूर्वी पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित  वर्षाको  सम्भावना रहेको छ।

रातीः  देशको मध्य र पूर्वी  भू-भाग लगायत पश्चिमी पहाडी भू-भागमा सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहनेछ। मध्य भू-भागका केही स्थानहरुका साथै पुर्वी तथा पश्चिमी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

जेठ १६ गते (शुक्रबार)

दिउँसोः देशको  पहाडी भू-भागहरुमा  सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहनेछ । पुर्व र पश्चिमी भू-भागका केहि स्थानहरु तथा मध्य पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित  वर्षाको  सम्भावना रहेको छ।

रातीः  देशको मध्य भू-भाग तथा पश्चिम र पूर्वी पहाडी  भू-भागमा सामान्य बदली रहि अन्य भू-भागमा आंशिक बदली रहनेछ। मध्य र पश्चिमी भू-भागका केही स्थानहरु र पुर्वी पहाडी भू-भागका एक/दुई स्थानहरुमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

images
प्रकाशित मिति :जेठ १४, २०७७ बुधवार - ०७:०५:४६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology