Logo

सोमवार, श्रावण २५ गते २०८३

images

पर्साका थप २१ जना कोरोना संक्रमित डिस्चार्ज

पर्साका थप २१ जना कोरोना संक्रमित डिस्चार्ज

दैनिकी न्यूज

१४, जेठ २०७७
पर्साका थप २१ जना कोरोना संक्रमित डिस्चार्ज
images

काठमाडौं, जेठ १४ । कोरोना संक्रमण (कोभिड–१९) भएर पर्साको नारायणी अस्थायी कोभिड अस्पतालमा उपचाररत दुई बालबालिका सहित २१ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा ४ जना महिला र १६ जना पुरुष छन् । मंगलबार राति साढे १० बजे कोरोना निको भएर उनीहरु घर फर्किएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले बताए ।

डिस्चार्ज भएका सबै वीरगन्ज महानगरपालिकाका स्थानीय हुन् । २४ घण्टाको फरकमा गरिएको उनिहरुको दुईवटा पीसीआर रिर्पोटमा कोरोना नेगेटिभ आएपछि २१ जनालाई डिस्चार्ज गरिएको उनले बताए । गत वैशाख २७ र ३० गते कोभिड( १९ पुष्टि भएदेखि उनीहरूलाई आइसोलेसनमा राखिएको थियो । नारायणी अस्पतालको आइसोलेसन वार्डमा बेड अभाव भएकाले २१ जना संक्रमितलाई संक्रमण भएको पहिलो २ दिन घरमै सेल्फ आइसोलेसनमा राखेको थियो । त्यसपछि सिद्धार्थ माध्यमिक विद्यालयलाई सेमी आइसोलेसनमा परिणत गरी २१ जना संक्रमितलाई त्यहाँ राखिएको थियो ।

वीरगन्ज महानगरपालिकाले यहाँको गण्डक अस्पतालसँग सम्झौता गरी त्यसलाई अस्थायी कोभिड अस्पताल बनाएपछि गत वैशाख ७ गते सिद्धार्थ माविको सेमी आइसोलेसनबाट २१ जना संक्रमितलाई सारिएको थियो । सो अस्पतालमा रहेका ३० जनामध्ये २१ जना डिस्चार्ज भएपछि अब ९ जना रहेका छन् । नारायणी उपक्षेत्रीय अस्पतालमा भने कोरोनाका सबै विरामी निको भएर घर फर्किएका छन् ।

images
प्रकाशित मिति :जेठ १४, २०७७ बुधवार - ०८:२४:३६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology