Logo

सोमवार, श्रावण २५ गते २०८३

images

क्वारेन्टाइन व्यवस्थामा जुटेका वडाध्यक्षको मृत्यू

क्वारेन्टाइन व्यवस्थामा जुटेका वडाध्यक्षको मृत्यू

दैनिकी न्यूज

१४, जेठ २०७७
क्वारेन्टाइन व्यवस्थामा जुटेका वडाध्यक्षको मृत्यू
images

कञ्चनपुर, जेठ १४ । क्वारेन्टाइन व्यवस्थामा जुटेका कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नं ७ का वडाध्यक्ष ५८ वर्षीय कल्लु रानाको गएराति मृत्यु भएको छ । राष्ट्रिय माध्यमिक विद्यालयमा रहेको क्वारेन्टाइनमा कुर्सीमा बसेर फोन गरिरहेका बेला एक्कासी बेहोस भएका रानाको मृत्यु भएको हो । राना साँझपख घरमा पुगी नुहाइ राना खाना खाएर क्वारेन्टाइन पुगेका थिए ।

नयाँ क्वारेन्टाइन स्थापना गरिएको थियो नगरप्रमुख कर्णबहादुर हमालले भने, “राति व्यवस्थापनबारे जानकारी लिनका लागि क्वारेन्टाइनमा पुगेका उहाँको मृत्यु भएको छ ।” वडाध्यक्ष रानामा कुनै पनि रोगको लक्षण यसअघि नदेखिएकाले हृदयाघातका कारण वडाध्यक्षको मृत्यु भएको हुनसक्ने उनले बताए ।
मृत्यु भएका रानाको शव परीक्षणका लागि राति नै सेती प्रादेशिक अस्पताल धनगढीमा पु¥याइएको छ । अस्पतालमा मृतक रानाको शव परीक्षणपश्चात स्वाबको नमूना सङ्कलन गरी परीक्षण गरिने बताइएको छ । रासस

images
प्रकाशित मिति :जेठ १४, २०७७ बुधवार - ०९:४७:०२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology