Logo

सोमवार, श्रावण २५ गते २०८३

images

भारतबाट फर्किएका युवकको मृत्यु, कोरोना परीक्षण हुँदै

भारतबाट फर्किएका युवकको मृत्यु, कोरोना परीक्षण हुँदै

दैनिकी न्यूज

१४, जेठ २०७७
भारतबाट फर्किएका युवकको मृत्यु, कोरोना परीक्षण हुँदै
images

सुर्खेत, जेठ १४ । भारतको गुजरातबाट वीरेन्द्रनगर आइपुगेका एक युवाको मङ्गलबार राति मृत्यु भएको छ । सुर्खेतको चिङ्गाड गाउँपालिका–५ का २२ वर्षीय वीरेन्द्र रोकायाको प्रदेश अस्पताल कालागाउँ पुग्ने क्रममै बाटोमा मृत्यु भएको हो । मङ्गलबार नेपालगञ्जबाट चिङ्गाड जाने बसमा चढेका ती युवालाई असजिलो भएपछि सुर्खेतको सुब्बाकुनाबाट एम्बुलेन्समार्फत प्रदेश अस्पताल पु¥याइएको थियो ।
अस्पतालका कोरोना फोकल पर्सन डा केएन पौडेलले अस्पतालमा भर्ना हुनेबित्तिकै आफूहरुले जाँच गर्दा उनी मृतावस्थामा रहेको बताए । “राति साढे १२ बजेतिर खबर पाउनेबित्तिकै हामी जाँच गर्न गयौँ, उनको मृत्यु भइसकेको रहेछ”, डा पौडेलले भने ।
अस्पतालका निर्देशक डा डम्बर खड्काले मृतक युवकका साथै उनको साथमा एम्बुलेन्समा आएकाहरुको स्वाब सङ्कलन गरी कोरोना परीक्षण कार्य भइरहेको र दिउँसोसम्म रिर्पोट आउने जानकारी दिए । आफन्तका अनुसार ती युवामा बाथरोगसम्बन्धी समस्या थियो । रासस

images
प्रकाशित मिति :जेठ १४, २०७७ बुधवार - १०:४६:१८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology