Logo

बिहिवार, कार्तिक ६ गते २०८३

images

रौतहटमा थप ३५ जनामा कोरोना संक्रमण

रौतहटमा थप ३५ जनामा कोरोना संक्रमण

दैनिकी न्यूज

१४, जेठ २०७७
रौतहटमा थप ३५ जनामा कोरोना संक्रमण
images

रौतहट, जेठ १४ । बुधबार रौतहटमा थप ३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

३५ जना मध्ये गौर नगरपालिकामा ८, ईशनाथ नगरपालिकामा १६, देवाहि गोनाही नगरपालिकामा २, कटहरिया नगरपालिकामा २ र गढिमाई नगरपालिकामा ७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको रौतहटका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिए ।

योसँगै रौतहटमा कोरोनाबाट संक्रमित संख्या १ सय ४ पुगेको छ ।

भारतका विभिन्न सहरबाट भर्खरै रौतहट आएकाहरुमा नै संक्रमण देखिएको छ । संक्रमित सबैजना सम्बन्धित पालिकाले सञ्चालन गरेको क्वारेन्टिनमा बसेकाहरू नै रहेका छन् ।

images
प्रकाशित मिति :जेठ १४, २०७७ बुधवार - १२:२१:०४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology