रौतहट, जेठ १४ । बुधबार रौतहटमा थप ३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
३५ जना मध्ये गौर नगरपालिकामा ८, ईशनाथ नगरपालिकामा १६, देवाहि गोनाही नगरपालिकामा २, कटहरिया नगरपालिकामा २ र गढिमाई नगरपालिकामा ७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको रौतहटका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिए ।
योसँगै रौतहटमा कोरोनाबाट संक्रमित संख्या १ सय ४ पुगेको छ ।
भारतका विभिन्न सहरबाट भर्खरै रौतहट आएकाहरुमा नै संक्रमण देखिएको छ । संक्रमित सबैजना सम्बन्धित पालिकाले सञ्चालन गरेको क्वारेन्टिनमा बसेकाहरू नै रहेका छन् ।