हेटौँडा, जेठ १४ । मकवानपुरमा पहिलो पटक एक जनामा कोरोना भाइरस सङ्क्रमण भएको छ । हेटौँडा उपमहानगरपालिका–१ चौकीटोल क्षेत्रका २५ वर्षीया महिलामा कोभिड १९ (कोरोना भाइरस) पुष्टि भएको हो ।
बागमती प्रदेश सामाजिक विकास मन्त्रालयका कोभिड १९ का प्रवक्ता पुरुषोत्तमराज सेढाइँका अनुसारका अनुसार कीटजन्य रोग अनुसान्धान तथा तालिम केन्द्र, हेटौँडास्थित प्रादेशिक प्रयोगशालामा कोभिड–१९ पहिचान गर्न प्राप्त स्वाबको नमुनाको बुधबार आरटी–पीसीआर परीक्षण गर्दा नतिजा पोजेटिभ आएको हो ।
उनले ती महिला कार्यालयको सम्पर्कमा रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको बताए । सङ्क्रमित महिलाको सम्पर्कमा रहेका व्यक्तिहरूको खोजी र पृथकीकरण गर्ने कार्य प्रदेश स्वास्थ्य आतकालीन केन्द्रमार्फत भइरहेको छ ।