Logo

सोमवार, श्रावण २५ गते २०८३

images

लागूऔषध र नगद सहित एक युवक पक्राउ

लागूऔषध र नगद सहित एक युवक पक्राउ

दैनिकी न्यूज

१४, जेठ २०७७
लागूऔषध र नगद सहित एक युवक पक्राउ
images

सुनसरी, जेठ १४ । धरान उपमहानगरपालिका वडा नं. ९ बगैंचाटोल बस्ने ४१ वर्षीय शुभचन्द्र राईलाई नियन्त्रित लागूऔषध स्पास्मो प्रोक्सिभन प्लस १ हजार २ सय ८० क्याप्सुल, नाईट्रोसन ३ सय ट्याब्लेट, एकसय एमएलको डाईलेक्स डिसी ८० बोतल र नगद २ लाख ३७ हजार रुपैयाँ सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय धरानबाट अनुसन्धानको लागि खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त परिमाणको लागूऔषध र नगद फेला पारेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । 

images
प्रकाशित मिति :जेठ १४, २०७७ बुधवार - १२:५५:३७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology