Logo

सोमवार, श्रावण २५ गते २०८३

images

चट्याङ लागेर सिन्धुलीमा एक जनामा मृत्यू

चट्याङ लागेर सिन्धुलीमा एक जनामा मृत्यू

दैनिकी न्यूज

१४, जेठ २०७७
चट्याङ लागेर सिन्धुलीमा एक जनामा मृत्यू
images

सिन्धुली, जेठ १४ । घरको छत ढलान गर्ने क्रममा वर्षासँगै परेको चट्याङको झड्का लाग्दा खसेर सिन्धुलीमा आज एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कमलामाई नगरपालिका–४ देउरालीका ४२ वर्षीय वासु सापकोटा रहेका छन् । कमलामाई नगरपालिका–६ रातमाटास्थित घरको तेस्रो तला ढलान गर्ने क्रममा वर्षासँगै परेको चट्याङको झड्का लाग्दा घरको छतबाट खसेर गम्भीर घाइते भएका वासुलाई उपचारका लागि सिन्धुली अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिए । रासस

images
प्रकाशित मिति :जेठ १४, २०७७ बुधवार - १३:२३:५३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology