Logo

बिहिवार, कार्तिक ६ गते २०८३

images

झापामा थप १७ जना कोरोना संक्रमित

झापामा थप १७ जना कोरोना संक्रमित

दैनिकी न्यूज

१४, जेठ २०७७
झापामा थप १७ जना कोरोना संक्रमित
images

विराटनगर, जेठ १४ । झापाका थप १७ जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यीसहित प्रदेश १ मा संक्रमितको संख्या १ सय ४ पुगेको छ।
बुधबार संक्रमण पुष्टि भएकाहरु झापाको कचनाकवल र बाह्रदशीका व्यक्ति भएको प्रदेश १ मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा रहेको कोरोना सूचना डेस्कले जनाएको छ।
प्रदेश १ का १४ मध्ये ७ जिल्लामा संक्रमण पुष्टि भइसकेको छ । झापा, उदयपुर, मोरङ, सुनसरी, भोजपुर, खोटाङ र धनकुटामा संक्रमित भेटिएका हुन् ।

images
प्रकाशित मिति :जेठ १४, २०७७ बुधवार - १५:१२:०८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology