Logo

सोमवार, श्रावण २५ गते २०८३

images

बिहीबार ४ बजे बजेट भाषण

बिहीबार ४ बजे बजेट भाषण

दैनिकी न्यूज

१४, जेठ २०७७
बिहीबार ४ बजे बजेट भाषण
images

काठमाडौं, जेठ १४ । बिहीबार दिउँसो ४ बजे सरकारले आर्थिक वर्ष २०७७–७८ को बजेट प्रस्तुत गर्ने भएको छ । संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट भाषण प्रस्तुत गर्ने सांसद सचिवालयले जनाएको छ । संवैधानिक व्यवस्था अनुसार हरेक बर्षको जेठ १५ गते बजेट ल्याउनु पर्ने प्रावधान रहेको छ ।

४ बजे बजेट भाषण सुरु हुने भएकाले त्यस अगाडि नै बैठककक्षमा प्रवेश गर्न सभामुख अग्निप्रसाद सापकोटाले दुवै सदनका सदस्यलाई अनुरोध गरेका छन् ।

images
प्रकाशित मिति :जेठ १४, २०७७ बुधवार - १७:०७:५५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology