ललितपुर, जेठ १४ । बुधबार बागमती गाउँपालिका वडा नं. ५ इकुडोलमा चट्याङ लागेर एक युवकको मृत्यू भएको छ ।
बुधबार दिउँसो माझखण्डस्थित आफ्नै घरमा चट्याङ पर्दा २७ वर्षीय हिरालाल बोम्जनको ज्यान गएको बागमती गाउँपालिकाका प्रवक्ता विष्णुप्रसाद तिमल्सिनाले जानकारी दिए । उनले भने, ‘उपचारको क्रममा भट्टेडाँडामा रहेको हेल्थपोष्टमा ल्याउँदै गर्दा बोम्जनको बाटोमै मृत्यू भएको हो ।’
घटनास्थलमा प्रहरी चौकी भट्टेडाँडाको असईको नेतृत्वमा प्रहरी टोली इकुडोलतर्फ गएको महानगरीय प्रहरी वृत्त चापागाउँका डीएसपी कृष्णराज ओझाले बताए ।