Logo

सोमवार, श्रावण २५ गते २०८३

images

साढे एघार हजारभन्दा बढी कालोसूचीमा

साढे एघार हजारभन्दा बढी कालोसूचीमा

दैनिकी न्यूज

१५, जेठ २०७७
साढे एघार हजारभन्दा बढी कालोसूचीमा
images

ललितपुर, जेठ १५ । विभिन्न बैङ्क तथा वित्तीय संस्थाबाट गरी कुल ११ हजार ७६० ऋणी कालोसूचीमा परेका छन् । अर्थ मन्त्रालयले मङ्गलबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा कर्जा सूचना केन्द्र लिमिटेडले उक्त सङ्ख्याका व्यक्तिलाई कालोसूचीमा राखेको जनाएको छ ।

त्यस्तै सर्वेक्षणले विभिन्न गैरबैङ्क वित्तीय संस्थाका सम्पत्ति पनि सार्वजनिक गरेको छ । जसअनुसार कर्मचारी सञ्चय कोषको सम्पत्ति तथा दायित्व तीन खर्ब ६० अर्ब ७८ करोड पुगेको छ । यसमा सञ्चयकर्ताको सञ्चित रकम तीन खर्ब २३ अर्ब ७५ करोड रहेको जनाएको छ । त्यस्तै नागरिक लगानी कोषको सम्पत्ति तथा दायित्व गरी एक खर्ब ५६ अर्ब ९५ करोड पुगेको छ । यसले विभिन्न क्षेत्रमा गरी एक खर्ब ३८ अर्ब ५५ करोड कर्जा तथा लगानी गरेको जनाएको छ । त्यस्तै हुलाक बचत बैङ्कको कुल निक्षेप एक अर्ब ४३ करोड ७२ लाख रहेकामा यसले ३७ करोड ६४ लाख कर्जा लगानी गरेको छ । यस बैङ्कमा ६२ हजार ५१७ खाता रहेका छन् ।

त्यस्तै निक्षेप तथा कर्जा सुरक्षण कोषले २०७६ पुससम्म ४८ अर्ब ५३ करोड कर्जा र ७६ बैङ्क तथा वित्तीय संस्थाको छ खर्ब ६० अर्ब छ करोड रुपियाँ निक्षेप सुरक्षण गरेको जनाएको छ । यस कोषले दुई करोड ५३ लाख १३ हजार ९२४ निक्षेप खाताको सुरक्षण गरेको छ ।

गोरखापत्र दैनिकमा खबर छ ।

images
प्रकाशित मिति :जेठ १५, २०७७ बिहिवार - ०६:२९:३८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology