काठमाडौं, जेठ १५ । बिहीबार बिहानैदेखि काठमाडौं उपत्यकासहित देशभर मौसम बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ, नेपालको पुर्वी भू–भाग नजिकै निम्न चापीय रेखा रहेको छ र स्थानीय वायुको पनि प्रभाव रहेको छ।
हाल देशको मध्य भू–भागमा सामान्य बदली रहेको छ भने बाँकी भू–भागमा आंशिक बदली रहेको महाशाखाले जनाएको छ ।
देशको केहि भू–भागहरुमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध छ ।
जेठ १५ गते (बिहिबार)
दिउँसोः देशको पश्चिमी भू-भाग लगायत मध्य र पूर्वी पहाडी भू-भागहरुमा सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहनेछ । पश्चिमी भू-भागका केहि स्थानहरुमा साथै मध्य तथा पूर्वी पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।
रातीः देशको मध्य र पूर्वी भू-भाग लगायत पश्चिमी पहाडी भू-भागमा सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहनेछ। मध्य र पूर्वी भू-भागका केही स्थानहरुका साथै पश्चिमी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।
जेठ १६ गते (शुक्रबार)
दिउँसोः देशको पहाडी साथै पूर्वी भू-भागहरुमा सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहनेछ । पुर्व र पश्चिमी भू-भागका केहि स्थानहरु तथा मध्य पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।
रातीः देशको मध्य भू-भाग तथा पश्चिम र पूर्वी पहाडी भू-भागमा सामान्य बदली रहि अन्य भू-भागमा आंशिक बदली रहनेछ। मध्य र पश्चिमी भू-भागका केही स्थानहरु र पुर्वी पहाडी भू-भागका एक/दुई स्थानहरुमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।
जेठ १६ गते (शनिबार)
दिउँसोः देशको पहाडी भू-भागहरुमा सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहि केहि स्थानहरुमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।
रातीः देशको पहाडी भू-भागहरुमा सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहि केहि स्थानहरुमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।