Logo

सोमवार, श्रावण २५ गते २०८३

images

संक्रमण थप बढ्दो, तयारी फितलो

संक्रमण थप बढ्दो, तयारी फितलो

दैनिकी न्यूज

१५, जेठ २०७७
संक्रमण थप बढ्दो, तयारी फितलो
images

काठमाडौं, जेठ १५ । कोरोना भाइरस संक्रमण दर बढ्दै जाँदा परीक्षणका लागि अत्यावश्यक मानिएको पीसीआर कीट सरकारसँग अत्यन्त न्यून रहेको पाइएको छ । स्वास्थ्य सेवा विभागका अनुसार ५० हजार पीसीआर कीट मौज्दात छ ।
संक्रमितको संख्या ८ सय ८६ पुगिसकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ लाई मध्यनजर गर्दै १ हजार ५ सय केसलाई आधार मानेर कीटलगायत स्वास्थ्य सामग्री खरिद गरेको थियो । १ लाख २८ हजार पीसीआर कीट प्राप्त भएकामा ७८ हजार कीट वितरण गरिएको छ । थप १ लाख ७५ हजार पीसीआर कीट खरिद प्रक्रिया अघि बढाइएको छ । देशभर २० स्थानबाट कोरोना परीक्षण हुँदै आएको छ ।
गत शुक्रबार आरटी–पीसीआर प्रविधिबाट ३ हजार ७ सय ५२ जनाको कोरोना परीक्षण भएको थियो । गत शनिबार ३ हजार ४ सय ६९, आइतबार २ हजार ८ सय ८८, सोमबार २ हजार ८ सय ८२ र बुधबार ३ हजार ८ सय ५३ जनाको कोरोना परीक्षण भएको छ ।
अब सरकारसँग १ हजार ५ सय जना संक्रमितलाई पुग्ने कीट मात्रै बाँकी छ । स्वास्थ्य सेवा विभागअन्तर्गत व्यवस्थापन महाशाखाका निर्देशक भोगेन्द्र डोटेलका अनुसार १ हजार ५ सय संक्रमितलाई आधार मान्दै कोभिड नियन्त्रणसम्बन्धी सामग्रीको आवश्यकता पहिचान गरिए पनि केसको संख्या बढेसँगै हाल सो आधार पुनरावलोकन गरिएको हो ।
राजधान दैनिकमा प्रशान्त वलीले लेखेका छन् ।

images
प्रकाशित मिति :जेठ १५, २०७७ बिहिवार - ०८:४५:३८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology