Logo

आइतवार, श्रावण २४ गते २०८३

images

बलात्कार आरोपमा पूर्व डिएसपी खिउजू पूर्पक्षका लागि जेल चलान

बलात्कार आरोपमा पूर्व डिएसपी खिउजू पूर्पक्षका लागि जेल चलान

रामहरि कार्की

१५, जेठ २०७७
बलात्कार आरोपमा पूर्व डिएसपी खिउजू पूर्पक्षका लागि जेल चलान
images

ललितपुर, जेठ १५ । बलात्कारको आरोपमा नेपाल प्रहरीका पूर्वडिएसपी राजकुमार खिउजू पुर्पक्षका लागि जेल चलान भएका छन् ।

उनलाई जबरजस्ती करणी मुद्दामा पुर्पक्षका लागि जेल चलान गरिएको जिल्ला सरकारी वकिल कार्यालय ललितपुरले जनाएको छ । उनीमाथि ललितपुरको ठुलादुर्लुङका एक युवतीलाई जबरजस्ती करणी गरेको आरोप लागेको थियो ।

न्यायाधीश चुडामणि खड्काको एकल इजलासले खिउजूलाई पुर्पक्षका लागि कारागार पठाउने बिहीबार आदेश गरेको हो ।

बलात्कारको आरोप लागेपछि नेपाल प्रहरीका पूवडएसपी राजकुमार खिउजू गत फागुन २१ गते भक्तपुरबाट प्रकाउ परेका थिए ।
उनीविरुद्ध बलात्कार गरेको भन्दै महानगरीय प्रहरी परिसर ललितपुरमा गत माघ २३ गते किटानी जाहेरी दर्ता भएको थियो ।

महानगरीय प्रहरी वृत्त, चापागाउँमा प्रहरी प्रमुख रहेका बेला खिउजूले आफूमाथि पटकपटक यौनहिंसा गरेको ती युवतीको आरोप लगाउँदै हदैसम्म कारवाहीको माग गर्दै जाहेरी दर्ता गरेकी थिइन ।

२०७६ साउनमा सरुवा भई मोरङ पुगेका खिउजूले चापागाउँ रहँदा पटकपटक यौनहिंसा गरेको आरोप लगाएर ती युवतीले उजुरी दिने थाहा पाएपछि गत पुसमै राजीनामा दिएका थिए ।

सुरक्षा गार्डको जागिर खान नजिकको प्रहरीबाट सिफारिस आवश्यक परेकाले ती युवती खिउजुको सम्पर्कमा पुगेकी थिइन् । चापागाउँमा डेरा गरी बस्ने ती युवतीले सोही समय खिउजुले आफ्नै कार्यकक्षमा जबरजस्ती करणी गरेको उजुरीमा उल्लेख गरेकी छिन् ।

images
प्रकाशित मिति :जेठ १५, २०७७ बिहिवार - १६:३४:०३ बजे

 

रामहरि कार्की

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology