Logo

सोमवार, श्रावण २५ गते २०८३

images

स्थानीय तहमा २ सय भण्डार निर्माणका लागि १ अर्ब बजेट विनियोजन

स्थानीय तहमा २ सय भण्डार निर्माणका लागि १ अर्ब बजेट विनियोजन

दैनिकी न्यूज

१५, जेठ २०७७
स्थानीय तहमा २ सय भण्डार निर्माणका लागि १ अर्ब बजेट विनियोजन
images

काठमाडौँ, जेठ १५ । संसद्‍मा आगामी आर्थिक वर्ष २०७७–७८ को बजेट भाषण गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले स्थानीय तहमा दुई भण्डार निर्माण गर्नका लागि एक अर्ब बजेट विनियोजन घोषणा गरेका छन् ।

कृषि तथा पशु प्राविधिक लागि ५० करोड बजेट विनियोजन गरिएको छ । यस्तै, स्थानीय तहमा एक जना प्राविधिक खटाइने खतिवडाले जनाएका छन् ।

दूध, तरकारी र मासुमा आगामी आर्थिक वर्षभित्रै आत्मनिर्भर हुने लक्ष्य
सरकारले आवव२०७७–७८ का लागि कृषि क्षेत्रमा ४१ अर्ब ४० करोड रुपैयाँ बराबरको बजेट विनियोजन गरेको छ। अर्थमन्त्री डा. युवराज खतिवडाले बिहीबार संघीय संसदको संयुक्त सभामा सो बजेट पेश गरेका हुन्।

कोरोना भाइरसबाट लाग्ने कोभिड १९ रोग का कारण मुलुकको अर्थतन्त्रका सबैजसो क्षेत्र प्रभावित हुने अवस्थामा सरकारले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर अगाडि बढाउने कुरा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सार्वजनिक गरिसकेको छ।

सरकारले आगामी आर्थिक वर्षका लागि रासायनिक मलमा दिइने अनुदान रकममा वृद्धि गरी ११ अर्ब रुपैयाँ विनियोजन भएको छ। प्रांगारिक मलको प्रयोगबाट उत्पादन भएको बालीलाई सरकार आफैंले ब्राण्डिङ गरी बजार पठाउने योजना ल्याएको छ।

दूध, तरकारी र मासुको उत्पादनमा आत्मनिर्भर हुने सरकारले लक्ष्य लिएको छ। कृषिमा श्रम परिचालन, यान्त्रीकरण र बजारीकरणसँगै सिचाईं, मल, बिउमा सहुलियत दिने योजना सरकारको छ।

images
प्रकाशित मिति :जेठ १५, २०७७ बिहिवार - १७:०५:४५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology