Logo

बिहिवार, कार्तिक ६ गते २०८३

images

१० युनिटसम्म खपत गर्नेलाई निस्शुल्क विद्युत्

१० युनिटसम्म खपत गर्नेलाई निस्शुल्क विद्युत्

दैनिकी न्यूज

१५, जेठ २०७७
१० युनिटसम्म खपत गर्नेलाई निस्शुल्क विद्युत्
images

काठमाडौं, जेठ १५ । सरकारले १० युनिटसम्म विद्युत् खपत गर्नेलाई निशुःल्क विद्युत दिइने भएको छ ।

अर्थमन्त्री युवराज खतिवडाले बजेट वक्तव्यमा उक्त सीमासम्म विद्युत् खपत गर्नेलाई निशुल्क विद्युत् दिने बताएका हुन् ।

मासिक १५० युनिटसम्म खपत गर्नेलाई अहिलेको शुल्कमा २५ प्रतिशत, २५० युनिटसम्म खर्च गर्नेलाई १५ प्रतिशत शुल्क छुट दिने घोषणा समेत गरेका छन् ।

त्यस्तै खानेपानी आयोजनालाई विद्युत् शुल्क मिनाह गर्ने र विद्युत महशुलमा छुट दिने घोषणा गरेका छन् ।

लकडाउन अवधिभर उद्योग व्यवसायको विद्युत हशुलमा डिमाण्ड चार्ज पनि लिइने छैन ।

images
प्रकाशित मिति :जेठ १५, २०७७ बिहिवार - १७:१२:५५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology