Logo

सोमवार, श्रावण २५ गते २०८३

images

शिक्षामा १ खर्ब ७१ अर्ब रुपैयाँ बजेट बिनियोजन

शिक्षामा १ खर्ब ७१ अर्ब रुपैयाँ बजेट बिनियोजन

दैनिकी न्यूज

१५, जेठ २०७७
शिक्षामा १ खर्ब ७१ अर्ब रुपैयाँ बजेट बिनियोजन
images

काठमाडौं, जेठ १५ । सरकारले शिक्षाक्षेत्रमा १ खर्ब ७१ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ ।

आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गर्दै अर्थमन्त्री युवराज खतिवडाले शिक्षाक्षेत्रका लागि १ खर्ब ७१ अर्ब रुपैयाँ विनियोजन गरेको बताए । 

देशभर विस्तार भयो विद्यालय दिवा खाजा कार्यक्रम
हाल ४३ जिल्लामा लागु भएको दिवा खाजा कार्यक्रम देशभर विस्तार गरिने भएको छ। त्यसका लागि ७ अर्ब ५२ करोड विनियोजन गरिएको छ। यसबाट ८ लाख बालबालिका लाभान्वित हुने सरकारको अनुमान छ।

आगामी आर्थिक वर्षमा एक हजार ८ सय विद्यालय भवन र ३८ आगिंक क्याम्पसको भवन पुर्ननिर्माण गरिने भएको छ। २ हजार ५२० कक्षा कोठा ,१÷१ हजार संख्यामा विज्ञान प्रयोगशाला,पुस्तकालय ल्याव निर्माणको लागि बजेट विनियोजन गरिएको छ।

छात्रवृति कार्यक्रमलाई एकिकृत रुपमा सञ्चालन गरिने। विपन्न, अपांङ,सहिदको बालबच्चा र जेहेन्दार २६ लाख विद्यार्थीलाई छात्रवृति दिइने भएको छ। त्यसका लागि २ अर्ब ७० करोड विनियोजन गरिएको छ।

सामुदायिक विद्यालयमा अध्ययनरत १३ लाख ४० हजार छात्रालाई सेनेटेरी प्याड निशुल्क वितरण गर्न स्थानीय तहलाई सशर्त अनुदान प्रदान गरिने भएको छ।

images
प्रकाशित मिति :जेठ १५, २०७७ बिहिवार - १७:५१:५९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology