Logo

सोमवार, श्रावण २५ गते २०८३

images

मौसम विज्ञान विभाग भन्छः तीन दिनसम्म भिषण वर्षा हुन सक्छ

मौसम विज्ञान विभाग भन्छः तीन दिनसम्म भिषण वर्षा हुन सक्छ

दैनिकी न्यूज

१६, जेठ २०७७
मौसम विज्ञान विभाग भन्छः तीन दिनसम्म भिषण वर्षा हुन सक्छ
images

काठमाडौं, जेठ १६ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ, नेपालको पुर्वी भू–भाग नजिकै निम्न चापीय रेखा रहेको छ र स्थानीय वायुको पनि प्रभाव रहेको छ।

महाशाखाका अनुसार हाल देशको पश्चिमी भू–भाग लगायत मध्य तथा पुर्वी पहाडी भू–भागमा सामान्य बदली रहेको छ भने बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ।

देशको केहि भू–भागहरुमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

जेठ १६ गते (शुक्रबार)

दिउँसोः देशभर सामान्य बदली रहनेछ। देशका केहि स्थानहरुमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

रातीः   देशको पुर्वी तथा मध्य भू-भाग लगायत पश्चिमी पहाडी भू-भागहरुमा  सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहनेछ ।  पुर्वी र  मध्य भू-भाग लगायत पश्चिमी पहाडी भू-भागका केहि स्थानहरुमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित  वर्षाको  सम्भावना रहेको छ।

जेठ १७ गते (शनिबार)

दिउँसोः देशको पुर्वी र पश्चिमी भू-भाग लगायत मध्य पहाडी भू-भागहरुमा  सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहनेछ।देशका केहि स्थानहरुमा  मेघगर्जन/चट्याङ/हावाहुरी सहित  वर्षाको  सम्भावना रहेको छ।

रातीः  देशको पुर्वी भू-भाग लगायत पहाडी भू-भागहरुमा  सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहनेछ।देशका पहाडी भू-भागका केहि स्थानहरुमा  मेघगर्जन/चट्याङ/हावाहुरी सहित  वर्षाको  सम्भावना रहेको छ।

जेठ १८ गते (आइतबार)

दिउँसोः देशको पहाडी भू-भागहरुमा  सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहनेछ।पहाडी भू-भागका केहि स्थानहरुमा  मेघगर्जन/चट्याङ/हावाहुरी सहित  वर्षाको  सम्भावना रहेको छ।

रातीः  देशको पश्चिमी भू-भागहरुमा सामान्य बदली साथै मध्य तथा पुर्वी पहाडी भू-भागमा आंशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरुमा  मेघगर्जन/चट्याङ सहित  वर्षाको  सम्भावना रहेको छ।

images
प्रकाशित मिति :जेठ १६, २०७७ शुक्रवार - ०६:३९:०४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology