Logo

सोमवार, श्रावण २५ गते २०८३

images

पेट्रोल, डिजेल र मटितेलको कर बढ्यो

पेट्रोल, डिजेल र मटितेलको कर बढ्यो

दैनिकी न्यूज

१६, जेठ २०७७
पेट्रोल, डिजेल र मटितेलको कर बढ्यो
images

काठमाडौँ, जेठ १६ । सरकारले आम सर्वसाधारणसँग प्रत्यक्ष जोडिएको पेट्रोलियम पदार्थको आयातमा लाग्ने भन्सार करमा भारी वृद्धि गरेको छ। अर्थमन्त्री युवराज खतिवडाले बिहीबार संसद्मा आगामी आर्थिक वर्ष ०७७–७८को बजेटमा करको दायरामा हेरेफेर गर्दै डिजेल, पेट्रोल र मटितेलको भन्सार दर बढाउने घोषणा गरेका हुन्।

यो सँगै डिजेल, पेट्रोल र मटितेल लिटरमा १० रुपैयाँ भन्सार दर बढेको छ। पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ २० पैसा भन्सार लिँदै आएकोमा बढाएर २५ रुपैयाँ २० पैसा, डिजेल र मटितेलमा प्रतिलिटर १० रुपैयाँबाट बढाएर २० रुपैयाँ पु¥याइएको छ। हवाई इन्धनमा भने यसअघि पूर्वाधार कर शीर्षकमा लिँदै आएको १० रुपैयाँ कर कटौती गरिएको छ।

कर वृद्धि गरेपछि यसको असर मूल्यमा पर्छ। कोभिड—१९ का कारण विश्वभर इन्धन प्रयोगमा निकै कमी आएपछि अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा गिरावट आएकाले अहिले इन्धनको मूल्य सस्तो छ। सस्तो खरिदले नेपाल आयल निगमलाई धेरै नाफा भएकाले अहिले तत्काल मूल्य नबढे पनि आगामी दिनमा मूल्य समायोजन हुँदा यो कर थप हुन्छ। पेट्रोलियम पदार्थको मूल्य बढ्नासाथ सवारी साधन, ढुवानीका साधनले भाडा बढाउँछन्। त्यसको असर दैनिक जनजीवनमा पर्छ।

सरकारले भन्सार कर, मूल्य अभिवृद्धि कर ९भ्याट० का अतिरिक्त विभिन्न शीर्षकमा इन्धनमा कर लिँदै आएको छ। बूढीगण्डकी विद्युत् परियोजनाका नाममा डिजेल, पेट्रोल र हवाई इन्धनमा प्रतिलिटर पाँच रुपैयाँ पूर्वाधार कर लगाउँदै आएको सरकारले गत फागुनमा पाँच रुपैयाँ थपेर १० पु¥याएको थियो। सरकारले पेट्रोलमा सडक मर्मत कर चार रुपैयाँ, प्रदूषण शुल्क एक रुपैयाँ ५० पैसा, मूल्य अभिवृद्धि कर १२ रुपैयाँ ६५ पैसा, मूल्य स्थिरीकरण कोषका लागि भन्दै प्रतिलिटर एक रुपैयाँ १० पैसा लिँदै आएको छ। हवाई इन्धनको कर घटाएसँगै नेपाल आयल निगमले बिहीबार नै मूल्य घटाएको छ। आन्तरिकतर्फ हवाई इन्धनको मूल्य प्रतिलिटर ७५ रुपैयाँबाट घटाएर ६५ रुपैयाँ कायम गरिएको छ।

विलासिताका वस्तुको भन्सार दर बढेको छ। सुनको भन्सार दर प्रति १० ग्राम दुई हजार रुपैयाँ वृद्धि गरिएको छ। सुनको भन्सार प्रति १० ग्राम ६५ सय रुपैयाँ रहेकोमा बढाएर ८५ सय रुपैयाँ पु¥याएको छ। अब सुनको मूल्य स्वतः वृद्धि हुन्छ। त्यसैगरी चाँदीको भन्सार दर ७५ रुपैयाँमा १० रुपैयाँ बढाएर ८५ रुपैयाँ पु¥याएको छ। विदेशबाट आयात हुने मदिराको कच्चा पदार्थमा लाग्ने भन्सार शुल्क प्रतिलिटर तीन सय रुपैयाँ बढेको छ। चुरोट, गुड्खा, पान मसलामा स्वास्थ्य जोखिम कर बढाइएको छ। त्यस्तै स्पेयर पाट्र्सको भन्सार दर ५ प्रतिशतले बढेको छ। स्पेयर पाट्र्समा यसअघि १५ प्रतिशत भन्सार लाग्थ्यो। स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न प्राथमिक कृषि उपजको आयातमा लाग्दै आएको भन्सार महसुल र कृषि सुधार शुल्क बढाइएको छ। नागरिक दैनिकमा दिलीप पौडेलले लेखेका छन् ।

images
प्रकाशित मिति :जेठ १६, २०७७ शुक्रवार - ०७:५३:०८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology