Logo

सोमवार, श्रावण २५ गते २०८३

images

महालक्ष्मी नगरपालिकाले ३३ जनाको आरडीटी रिपोर्ट लुकायो, स्थानीयमा खैलाबैला

महालक्ष्मी नगरपालिकाले ३३ जनाको आरडीटी रिपोर्ट लुकायो, स्थानीयमा खैलाबैला

रामहरि कार्की

१८, जेठ २०७७
महालक्ष्मी नगरपालिकाले ३३ जनाको आरडीटी रिपोर्ट लुकायो, स्थानीयमा खैलाबैला
images

ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिकाले आरडीटी परीक्षण रिपोर्ट लुकाएपछि स्थानीहरु आतंकित भएका छन् ।

महालक्ष्मी नगरपलिका वडा नंं १ इमाडोलमा शनिबार मासु पसले, खाद्यान्न, औषधी पसले र ठेलागाडामा व्यापार गर्नेहरु लगायतको परीक्षण गरेको स्रोतले बतायो ।

इमाडोलमा ४ सय ९६ जनाको परीक्षण गर्दा ३३ जनाको पोजिटिभ आएको वडा अध्यक्ष नन्दकुमार न्यौपानेले जानकारी दिए ।

आरडिटी परीक्षणमा पोजिटिभ आएका मानिसहरु पनि घरमै बसेको भन्दै स्थानीयहरु आतंकित भएको एक स्थानीयले बताए । यस विषयमा वडाअध्यक्ष न्यौपानेसँग थप कुरा बुझ्न खोज्दा उनले बैठकमा छु, पछि फोन गर्नु भन्दै राखिदिए ।

नगरपालिकाले आरडीटी परीक्षण गरेको बारेमा सरोकारवालासँग कुनै परामर्श नै नगरेको जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा. खगेश्वर गेलालले बताए । ‘किन गरे, कहाँबाट कीट ल्याए मलाई केही जानकारी दिइएको छैन’, गेलालले भने, ‘सरोकारवाला निकाय हामी नै हौं ।’

स्रोतका अनुसार आरडीटी परीक्षणको कीट स्वास्थ्य मन्त्रालयमा छैटौं तहमा कार्यरत कर्मचारीले ल्याएका हुन् ।

महालक्ष्मी नगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत भरत बोहोराले पनि नगरपालिकालाई पनि लिखित जानकारी नदिएको बताए । ‘हामीलाई शनिबार बेलुका मात्र थाहा भयो’, उनले भने ।

स्थानीय गोपी कार्कीले वडा कार्यालयले वडामा आरडिटी परीक्षणको रिपोर्ट सार्वजनिक नगर्दा स्थानीयमा त्रास फैलएको बताए ।

 

images
प्रकाशित मिति :जेठ १८, २०७७ आइतवार - १६:०२:१० बजे

 

रामहरि कार्की

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology