Logo

आइतवार, श्रावण २४ गते २०८३

images

शाहीको धारिलो हतियारले हत्या गरेको आशंका, प्रहरीले कुकुरबाट थाल्यो अनुसन्धान

शाहीको धारिलो हतियारले हत्या गरेको आशंका, प्रहरीले कुकुरबाट थाल्यो अनुसन्धान

रामहरि कार्की

२८, जेठ २०७७
शाहीको धारिलो हतियारले हत्या गरेको आशंका, प्रहरीले कुकुरबाट थाल्यो अनुसन्धान
images

ललितपुर । ललितपुरको गोदावरीमा मृत अवस्थामा फेला परेका अमित शाहीको हत्या भएको हुनसक्ने आशंका गर्दै अनुसन्धान थालेको प्रहरीले जनाएको छ । गोदावरी नगरपालिका वडा नं. ३ टौखेल बस्ने ३८ वर्षीय शाहीको विभत्स अवस्थाको शव बुधबार विहान फेला परेको थियो ।

टौखेलमा मासु पसल चलाइरहेका शाहीको हत्या गरिएको सुनसक्ने भन्दै अनुसन्धानलाई तीब्रता दिएको महानगरीय प्रहरी वृत्त सातदोबाटोका डिएसपी मित्रबन्धु शर्माले जानकारी दिए ।

3.jpg

शाहीको शव मकैबारीमा रगत लत्पतिएको, दुबै हात र घाटी काटिएको र नजिकै खुँडा समेत फेला पारेको जनाएको छ । काठमाडौंको चन्दागिरी नगरपालिका १० स्थायी ठेगाना भएका शाही दुई छोरी र पत्नीसहित दश वर्षभन्दा अघिदेखि टौखेलमा मासु पसल खोलेर बसेका थिए ।

घटनाबारे के भन्छन् स्थानीय ?
शाहीलाई पसलमा देखेका स्थानीय इन्दु तण्डुकारले पनि उनको हत्या नै भएको हुनसक्ने बताईन । मंगलबार राति ८ बजे पसल बन्द गरेर दुई छोरीसँगै उनीपनि कोठामा आउनुभएको हो । ‘मैले बाबु यही खाना खाउँ भने तर, उहाँले भाउजु खाना त खानु हुन्थ्यो, दुई छोरी मेरा साथमा भएपनि अर्की छोरी (श्रीमती) खाना बनाएर पर्खेर बसिरहेकी छिन, म जान्छु भनेर कोठामा हाँसेर जानुभयो ।’ तण्डुकारले भनिन ।

उनका अनुसार शाही सबैसँग मिलनसार थिए, परिवारमा कहिलै झगडा परेको थाहा थिएन, बुढाबुढी अतिनै मिलेर बसेका थिए । कसरी यस्तो भयो भन्ने अचम्म लागिरहेको छ ।

श्रीमती रीता यसो भन्छिन
मंगलबार राती ११ बजेसम्म कोठामा टिभी हेरेर बसिरहेका थियौं । ११ बजेपछि छोरीहरु लसता र एन्जीलिकालाई तिमीहरु सुत्न जाउ भनेर आफूहरु सुतेको निजकी ३७ वर्षीया पत्नी रीता शाहीले बताइन । उनले भनिन, “म राती एक बजे बिउँझिए । यसो बेडमा छाम्दा उहाँलाई देखिन, टवाइलेट पो जानुभयो कि ? भनेर एकछिनपछि बोलाउँन ढोकामा पुग्दा बाहिरबाट चुकुल लगाएको रहेछ ।

2.jpg

निकै बेर ढोका हल्लाएर चुकुल खोलियो । आत्तिदै बाहिर जाँदा केही परे बारीमा उत्तानो परेर दुवै खुट्टा बेस्सरी ब्यान्डेजले बाँधिएको देखे । दुबै हातको ठाउँ– ठाउँमा र घाँटीमा चुप्पीले हानेको अवस्थामा फेला पारे ।

शरीर तातो नै थियो अनि आफूले चुप्पी बल्ल बल्ल घाँटीबाट झिके । कसले यस्तो ग¥र्यो भनेर ब्यान्डेज खोली अस्पताल लान खोज्दा उचाल्न नसकेपछि छोरीहरु बोलाए तर उनी बोल्न सकिनन् ।

5.jpg

बुधबार बिहान राती साढे एक बजेतिर घटनाबारे जानकारी पाएपछि महानगरीय प्रहरी प्रभाग बाडेगाउँ, महानगरीय प्रहरी वृत सातदोवाटो र महानगरीय प्रहरी परीसरको टोली घटनास्थलमा पुगेको थियो । बुधबार बिहान करिब साढे नौ बजे शाहीको शव पोष्टमार्टमका पाटन हस्पिटल लगिएको डिएसपी शर्माले जानकारी दिए । घटनाको थप अनुसन्धान गर्न कुकुर पनि ल्याइएको उनले बताए ।

यो पनि पढ्नुहोस्

विभत्स अवस्थाको ३८ वर्षीय पुरुषको शव टौखेलमा भेटियो

images
प्रकाशित मिति :जेठ २८, २०७७ बुधवार - १५:४०:४७ बजे

 

रामहरि कार्की

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology