Logo

आइतवार, श्रावण २४ गते २०८३

images

को हुन्, ललितपुरमा सोमबार भेटिएका कोरोना संक्रमित ?

को हुन्, ललितपुरमा सोमबार भेटिएका कोरोना संक्रमित ?

रामहरि कार्की

१, आषाढ २०७७
को हुन्, ललितपुरमा सोमबार भेटिएका कोरोना संक्रमित ?
images

ललितपुर । सोमबार ललितपुरमा भेटिएको कोरोना संक्रमित महिला भएको खुलेको छ । स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा. खगेश्वर गेलालका अनुसार ललितपुर महानगरपालिका वडा नं. २८ हरिसिद्धि स्थायी घर भएकी वर्ष ४० की महिला हुन् ।

ललितपुर महानगरपालिका वडा नं. २८ का वडा अध्यक्ष राजेश महर्जनका अनुसार ती महिला २९ गते कुवेतबाट नेपाल आई स्टफ कलेजको क्वारेन्टिनमा बसेकी थिइन ।

जेठ ३१ गते शनिबार ११ बजे को समयमा छात्ती तथा ज्वरो आई पिसिआर टेष्ट गरेकी थिइन । त्यसको रिपोर्ट आज आउदा पोजिटिभ देखिएको गेलालले बताए ।

कोरोना पोजिटिभ देखिएपनि ती महिलाको स्वास्थ्य अवस्था सामान्य रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका दुई पुरुष र दुई महिला तथा ललितपुरको एक महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । पाटन हस्पिटलको कोभिड वाडमा ९ जना कोरोना संक्रमित रहेको हस्पिटलका निर्देशक डा. विष्णु शर्माले बताए ।

यसअघि ललितपुरमा तीन जना कोरोना संक्रमित भेटिएकोमा १ जनाको मृत्यू भएको छ भने बाँकी २ जना आइसोलेसन वाडमा उपचार गरिरहेका छन् ।

images
प्रकाशित मिति :आषाढ १, २०७७ सोमवार - १७:२०:४५ बजे

 

रामहरि कार्की

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology