Logo

आइतवार, श्रावण २४ गते २०८३

images

ललितपुरमा कोरोनाको जोखिम बढेकै हो, आज पनि भेटियो कोरोना संक्रमित, को हुन उनी ?

ललितपुरमा कोरोनाको जोखिम बढेकै हो, आज पनि भेटियो कोरोना संक्रमित, को हुन उनी ?

रामहरि कार्की

४, आषाढ २०७७
ललितपुरमा कोरोनाको जोखिम बढेकै हो, आज पनि भेटियो कोरोना संक्रमित, को हुन उनी ?
images

ललितपुर । बिहीबार ललितपुरमा भेटिएको कोरोना संक्रमित ५० वर्षको पुरुष भएको खुलेको छ ।

स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा. खगेश्वर गेलालका अनुसार ती संक्रमित चितवन जिल्ला रत्ननगर स्थायी घर भई हाल महालक्ष्मी नगरपालिका वडा नं. ५ टीकाथली बस्ने गरेको जानकारी दिए । उनी ५० वर्षका रहेका छन् । डा.गेलालले भने, ‘उनको ५ महिना अगाडि भक्तपुर हस्पिटलमा किड्नी फेरेको थियो ।’ स्वास्थ्यमा समस्या आएपछि उनी नर्भिक हस्पिटल भर्ना भएका थिए । थप उपचारको लागि स्वाब संकलन गर्दा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको डा. गेलालले बताए ।

कोरोना पोजिटिभ देखिए पनि ती पुरुषको स्वास्थ्य अवस्था सामान्य रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज भक्तपुर ३ र ललितपुरका १ जना कोरोना संक्रमण पुष्टि भएको हो । राष्ट्रिय जनस्वास्थ्य कार्यालय टेकुमा उनको स्वास्थ्य परीक्षण गर्दा पोजिटभ देखिएको हो । उनी अहिले पाटन हस्पिटलको कोभिट वाडमा भर्ना भएका छन् ।

यसअघि ललितपुरमा ४ जना कोरोना संक्रमित भेटिएकोमा १ जनाको मृत्यू भएको छ भने बाँकी ३ जना आइसोलेसन वाडमा उपचार गरिरहेका छन् ।

images
प्रकाशित मिति :आषाढ ४, २०७७ बिहिवार - १६:४३:५६ बजे

 

रामहरि कार्की

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology