Logo

सोमवार, श्रावण २५ गते २०८३

images

काण्डैकाण्डको पोखरीमा वायुसेवा निगमका निर्देशक शेरचन

काण्डैकाण्डको पोखरीमा वायुसेवा निगमका निर्देशक शेरचन

रामहरि कार्की

५, आषाढ २०७७
काण्डैकाण्डको पोखरीमा वायुसेवा निगमका निर्देशक शेरचन
images

काठमाडौं । कारबाही र निलम्बन गर्नुपर्ने व्यक्तिलाई नेपाल वायुसेवा निगमले उल्टो १० औं तहको पद सुम्पिएपछि निगममा भाडभैलो मच्चिएको छ । यसअघि अनेकौं बदमासी र काण्ड मच्याउँदै आएका क्याप्टेन रबिन्द्रकुमार शेरचनलाई माथिल्लो पदको जिम्मा दिएपछि अन्य कर्मचारीले त्यसको कडा विरोध गरेका हुन् । शेरचन यसअघि अनेकौं बदमासी र काण्डमा मुछिएका छन् । जसको लेखाजोखा गर्ने हो भने ठूलो भ्रष्टार ठहरिन्छ । तर, राज्यका निकायले नै शेरचनमाथि कुनै कारबाही गरेको छैनन् । स्रोतका अनुसार निगमका अपरेसन विभागका निर्देशक र मानव संशाधन विभागका निर्देशकको मिलोमत्तोमा माथिल्लो पदको जिम्मेवारी सुम्पिइएको हो । उनीभन्दा सिनियर अन्य पाइलटहरुले विरोध गर्दा पनि निगमले त्यसमा कुनै गम्भीरता देखाएको छैन । शेरचनसँग मिलोमत्तो गर्ने र निगममा भ्रष्टाचार गर्नको लागि केही कर्मचारीले शेरचनलाई अघि बढाएका छन् । ‘शेरचनले निगमलाई खोक्रा बनाइसके, यसअघि पनि अनेक काण्ड र अनियमितता गरेका छन्, तर त्यस्ता व्यक्तिलाई माथिल्लो पद सुम्पिनु भनेको आयल निगमलाई र्न ध्यवस्त पार्नु हो,’ निगमका एक कर्मचारीले भने ।

यस्ता व्यक्तिलाई थप जिम्मेवारी र पद दिएपछि राष्ट्रिय ध्वजबाहक नेपाल वायुसेवा निगम (नेवानि) को छवीमाथि नै प्रश्न उठेको छ । निगममा उनीभन्दा सिनियर दीपकनरसिंह राणा, राकेश राणा, महेश्वरमान डंगोल, समज कुमार श्रेष्ठ रहेका छन् । तर, वरिष्ठलाई बेवास्ता गर्दै भित्रभित्रै चलखेल रच्दै उनलाई अघि बढाइएको थियो । जसको स्वीकार अन्य पाइलट र कर्मचारीले गरेका छैनन् । क्याप्टेन प्रदीपराज भण्डारीले आफूहरुलाई पछि पार्नेगरी भएको षडयन्त्रले निरुत्साहित पारेको जानकारी दिए । उनका अनुसार शेरचनले निगमले सिनियर कर्मचारीको कदर गर्न नसकेको जानकारी दिए । उनले भने, ‘उनले गलत काम गर्दागर्दै पनि त्यस्तो पद दिनु राम्रो होइन, हामीलाई थाहा नै नदिई एकजनालाई षडयन्त्रपूर्वक सरुवा गरियो ।’

शेरचनलाई यसअघि निगमले कारबाही पनि गरेको थियो । यसअघिका अनेकौं बदमासी र पदको दुरुपयोग गरेका छन् । उसलाई कारबाहीपछि पनि यसअघि महत्वपूर्ण मानिने जहाज सञ्चालन (अपरेसन) विभाग प्रमुखको जिम्मेवारी दिइएको थियो । हाल उनलाई दशौं तहको जिम्मेवारी दिइएको छ । उनले जहाज उडाउँदा तोकिएको क्षमताभन्दा बढी तौल बोके । आर्थिक अनियमितता गरेको तथ्य प्रमाण सुरक्षित छन् । तर, पटकपटक बदमासी गरी कारबाहीमा परेका शेरचनलाई निगमका तत्कालीज कार्यकारी अध्यक्ष मदन खरेलले महत्वपूर्ण जिम्मेवारी दिँदै अघि सार्दै आएका थिए । यस्तो व्यक्तिलाई कार्यरकारी अध्यक्षले नै संरक्षण गर्दै जिम्मेवार थप गरेपछि खरेलमाथि पनि प्रश्न उठेको छ । कैयौं कागजातले शेरचनले आर्थिक अनियमितता गरेको पुष्ट्याई गरेपछि त्यसमा दाहिले हात भएर सहयोग खरेलले गरेको थिए । हालका कार्यकारी अध्यक्ष शुशील घिमिरेले पनि उनको बचाउ र संरक्षण गर्दै आएका छन् । यतिधेरै हर्कत गर्दापनि उनीमाथि कारबाही गर्न घिमिरे हच्किएका छन् । उनी शेरचनसँगै डराएका छन् । आफ्नो पदको मायाले उनी पनि केही गर्न सकिरहेका छ्रैनन ।

शेरचनले आफूले रकम लिन जहाजलाई तोकिएको क्षमताभन्दा बढी सामान बोकाउने गरेका छन् । यस्तो तथ्यलाई हेर्दा एकातिर आर्थिक अपचलन हुने र अर्कोतिर दुर्घटना हुने जोखिम हुन्छ । पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्री योगेश भट्राईले पद सम्हाले पनि नेपाल बायुसेवा निगमभित्रको बदमासीलाई जोगाउँदै आएका छन् । उनले अनियमितता र भ्रष्टाचार गर्ने शेरचनलाई कुनै कारबाही गर्न सकिरहेका छ्रैनन् । ‘त्यति धेरै अनियमितता गर्नेलाई राज्यका निकायले नै संरक्षण गर्नु राम्रो होइन, सिमित व्यक्तिको लागि फाइदा पुगेपनि निगम र देशलाई घाटाको विषय हो,’ मन्त्रालयका एक कर्मचारीले भने ।

यसअघि पाइलट शेरचनले निगमलाई थाहा नदिई जहाजको क्षमताभन्दा बढी वजन बोकेर त्यसबापत आउने भाडा आफ्नै खल्तीमा हालेका थिए । 

हेर्नुहोस् शेरचनले कति कतुर्त

  • केही वर्षअघि हुम्लाको सिमिकोट उडान गर्दा जहाजमा गैरकानुनी रुपमा सामान ओसारपसार गरेको । तर कारबाही नभएको ।
    २०६८ मा उनले फाप्लु विमानस्थलमा बढी वजन भएको जहाज ल्याण्ड गरेको । त्यहाँ गैरकानुनी सामान राखेको तर कारबाही नभएको ।
  • बढी वजन बोकेको जहाज ल्याण्ड गरेको जानकारी पाएपछि प्राधिकरणले उनलाई कारबाही गरेको, यसका कागजपत्र पनि सुरक्षित नै छन् । तर, हालको नेतृत्वले उनलाई संरक्षण गर्दै आइरहेको छ । जुन अति नै घातक हो ।
  • अपरेसन विभागका निर्देशक हुँदा दुबईमा उडान कर्मचारीको लागि ५ स्टार होटल भनि ४ स्टारमा लगेर राखेको, जसमा ३ करोडभन्दा बढी भ्रष्टाचार गरेका थिए । त्यसको अनुसन्धान सतर्कता केन्द्रले गरेको थियो ।
  • प्राधिकरणको हवाई उडान सुरक्षा निर्देशनको पूर्ण पालना नगरी जथाभावी उडान भर्दै दुरुपयोग र विमान आफ्नो जस्तै बनाएको ।
  •  कमिसन खाएको
  • तालिममा फेल भएको तर जहाज आफूखुशी उठाएको ।
  • राष्ट्रिय सतर्कता केन्द्रले अनुसन्धान गर्दा होटल बुकिङमा भ्रष्टाचार भएको पुष्टि गरी कारबाहीको लागि सिफारिस गरे पनि निजलाई कुनै कारबाही नभएको ।

images
प्रकाशित मिति :आषाढ ५, २०७७ शुक्रवार - ०५:०५:४१ बजे

 

रामहरि कार्की

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology