Logo

आइतवार, श्रावण २४ गते २०८३

images

कुवेतबाट आएका ४५ यात्रु मध्ये १४ जनामा कोरोना देखियो

कुवेतबाट आएका ४५ यात्रु मध्ये १४ जनामा कोरोना देखियो

रामहरि कार्की

६, आषाढ २०७७
कुवेतबाट आएका ४५ यात्रु मध्ये १४ जनामा कोरोना देखियो
images

ललितपुर । गतजेठ २९ गते कुवेतबाट नेपाल आएका ४५ जनामध्ये १४ जनामा कोरोना देखिएको सहायक प्रमुख जिल्ला अधिकारी खीमराज भुसालले जानकारी दिए । उनले भने, ‘उहाँहरु सबै स्टाफ कलेज जाउलाखेलको क्वारेन्टिनमा हुनुहुन्थ्यो ।’ संक्रमित सबै महिला रहेको उनले बताए ।

शुक्रबार थप भएका ११ जना कोरोना संक्रमितहरुमा सिन्धुली घर भएका वर्ष २३, सिन्धुपाल्चोक घर भएका वर्ष २७, २४, २२, ३०, मकवानपुरका ३७, ३८, काठमाडौंका वर्ष २४, मोरङका वर्ष ३२, धादिङका ३५ वर्ष र उदयपुरका वर्ष ३२ की रहेको पाटन हस्पिटल स्रोतले बतायो । संक्रमित अहिले पाटन हस्पिटलको कोभिड वाडमा भर्ना भएका छन् । शुक्रबार बेलुकादेखि स्टाफ कलेजको क्वारेन्टिन खाली रहेको भुसालले बताए ।

यसभन्दा अगाडि ३ जनामा कोरोना देखिएको थियो । उनीहरुको कन्ट्राक्ट टे«सिङका आधारमा सबैको परीक्षण गर्दा ११ जनामा कोरोना देखिएको हो । बाँकी ३१ जनाको स्वाब संकलन गरी परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको थियो ।

बाँकी ३१ जना मध्ये ६ जना ललितपुरको रहेकोमा उनीहरुको आफन्तलाई बुझाइएको राजदल गणका प्रमुख सेनानी उत्तम सापकोटाले जानकारी दिए । उनले भने, ‘२५ जनालाई बागमती प्रदेशको होल्डिङ सेन्टर यति पार्टी प्यालेस बसुन्धारामा बुझाइएको छ ।’ केही शुक्रबार नै सम्बन्धित जिल्ला गैसक्नु भएको र पठाउन बाँकी रहेका केही आज गएको उनले बताए ।

images
प्रकाशित मिति :आषाढ ६, २०७७ शनिवार - १०:५९:२४ बजे

 

रामहरि कार्की

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology