Logo

सोमवार, श्रावण २५ गते २०८३

images

शेयर बजार चम्कियो, यी हुन् सर्वाधिक कमाउने र गुमाउने कम्पनीहरु

शेयर बजार चम्कियो, यी हुन् सर्वाधिक कमाउने र गुमाउने कम्पनीहरु

रामहरि कार्की

२२, आषाढ २०७७
शेयर बजार चम्कियो, यी हुन् सर्वाधिक कमाउने र गुमाउने कम्पनीहरु
images

काठमाडौं । सोमबार शेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक ३२.२७ अंकले बढेर १ हजार २९८.७३ विन्दुमा आएर आजको कारोबार बन्द भएको छ । त्यस्तै गरी ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक पनि ६.३० अंकले बढेर २ सय ७५.८८ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ ।

शेयर बजार ३२.२७ अंकले बढेसँगै सेयर बजारमा उत्साह देखिएको छ । कारोबार रकम र नेप्से सूचक दुवैमा सुधार देखिएको छ । पछिल्ला कारोबारहरुले बजार क्रमशः सकारात्मक बाटोमा लागेको देखाउँछ । बजार तलमाथि गरिरहन्छ । निरन्तर बढ्ने वा घट्ने भन्ने होइन । तर अस्वभाविक उतारचढावबाट बजार सुरक्षित छ वा छैन भन्ने प्रमुख विषय हो । कोभिड–१९ को त्रास र यसले उत्पन्न गरेको लामो बन्दाबन्दीका कारण लगानीकर्ताहरु त्रसित भएका थिए । आजको शेयर बजार बढेसँगै लगानीकर्ताहरुले राहत महसुस गरेका छन् ।

कुल १७६ वटा कम्पनीको २७ लाख ३१ हजार ४९८ कित्ता शेयर किनवेच भई ९२ करोड ७८ लाख ४१ हजार ३२९ रुपैयाँ बराबरको कारोबार भएको छ । यस दिन १७ हजार ३८४ वटा कारोबार भएका छन् ।

यस दिन कारोबारमा आएका म्युचल फण्ड बाहेक सबै समूहको शेयर मूल्य बढेको छ । बैकिङ समूह २१.२९ अंक , व्यापार समूह १४.४७ अंक, होटल्स समूह ७४.६७ अंक, विकास बैंक समूह १४.१५ अंक, जलविद्यूत समूह १२.४७ अंक, वित्त समूह २.५१ अंक, निर्जीवन बीमा समूह २७४.४ अंक, उत्पादन ४५.२३ अंक, अन्य २९.६२, लघुवित्त ८४.११ अंक, जीवन विमा समूह २६६.४३ अंकले बढेको छ । उता म्युचल फण्ड समूह ०.०६ अंकले घटेको छ ।

धेरै कारोबार गर्ने कम्पनीहरु
यो दिन नेपाल पुर्नविमा कम्पनीको धेरै कारोबार भएको छ । जसको १४ करोड ५३ लाख ३१ हजार ३८० रुपैया बराबरको कारोबार भएको छ । त्यस्तै नेपाल लाइफ इन्स्योरेन्सको ७ करोड ९० लाख ९१ हजार ७९३ रुपैयाँ, प्रभु बैंकको संस्थापक शेयर ४ करोड ८४ लाख ४४ हजार रुपैयाँ, हिमालयन डिष्ट्रिलरीको ३ करोड ९ लाख ९४ हजार ७५७ रुपैयाँ बराबरको कारोबार भएका छन् ।

सर्वाधिक कमाउने कम्पनी
आज ग्लोबल आईएमई लघुवित्त र पुर्नविमा कम्पनीको शेयर मूल्य १० प्रतिशतले शेयर मुल्य बढेको छ । त्यस्तै सूर्यदय लघुवित्तको ९.९५ प्रतिशत, ग्रामीण विकास लघुवित्तको ९.८४ प्रतिशत, युनाइटेड इन्स्योरेन्स कम्पनीको ९.७० प्रतिशत, स्वदेशी लघुवित्तको ९.७० प्रतिशत, सिद्धार्थ इन्स्योरेन्सको ९.४५ प्रतिशत, आशा लघुवित्तको ९.२८ प्रतिशत, तारागाउँ रिजेन्सी होटलको ९.१४ प्रतिशत, ओरियन्ट होटल्सको ९.०२ प्रतिशतले शेयर मूल्य बढेको छ ।

सर्वाधिक गुमाउने कम्पनी
आज राधी विद्यूत कम्पनीको शेयर मूल्य सर्वाधिक ९.८९ प्रतिशतले गिरावट आएको छ । त्यस्तै बोटलर्स नेपाल (तराई) ५.८६ प्रतिशत, देव विकास बैंक ५.१६ प्रतिशत, जोशी हाइड्रोपावरको ३.९२ प्रतिशत, विशाल बजार कम्पनीको ३.९१ प्रतिशत, खानीखोल हाइ«ोपावरको ३.९१ प्रतिशतले गिरावट आएको छ ।

images
प्रकाशित मिति :आषाढ २२, २०७७ सोमवार - १५:२१:५५ बजे

 

रामहरि कार्की

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology