काठमाडौं । नक्कली कागजात खडागरी अवैध रुपमा मिर्गौला प्रत्यारोपण गरेको आरोपमा वडाअध्यक्षसहित १२ पक्राउ परेका छन् ।
विदेशमा रहेका एक व्यक्तिको विबरण प्रयोग गरि तेस्रो मानिसको मिर्गौला झिकी मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) कसुर गरेका आरोपमा १२ जना व्यक्तिहरुलाई नियन्त्रणमा लिइएको मानव बेचखबिखन तथा अनुसन्धान व्युरोले जनाएको छ ।
अबैध रुपमा मिर्गौला प्रत्यारोपण गरिएको चितवनस्थित कलेज अफ मेडिकल साइन्सेसका ३ डाक्टर, एक जना अधिवक्ता र र एकजना जनप्रतिनिधि समेत गरी १२ जना रहेको नेपाल प्रहरीको मानव बेचबिखन तथा अनुसन्धान ब्यूरोले जनाएको छ ।
पक्राउ पर्नेमा चितवन भरतपुर महानगरपालिका वडा नं.४ घर भई हाल जिल्ला प्रशासन कार्यालय चितवनमा प्रशासकीय अधिकृतमा कार्यरत ५४ वर्षको रामचन्द्र ढकाल, नवलपरासी (बर्दघाट सुस्तापुर्व) गैंडाकोटा–५ घर भई कलेज अफ मेडिकल साईन्सेन्स टिचिङ हस्पिटल भरतपुरको कानूनी सल्लाहकार ४० वर्षको रमेश काफ्ले, मोरङ बिराटनगर महानगर वडा नं.१२ घर भई हाल कलेज अफ मेडिकल साईन्सेन्स टिचिङ हस्पिटल भरतपुरको प्रमुख संचालक अधिकृत ५५ वर्षको डा.सुप्रभात श्रेष्ठ रहेका छन् ।
त्यस्तै गोरखा पालुङटार–६ घर भई कलेज अफ मेडिकल साईन्सेन्स टिचिङ हस्पिटल भरतपुरमाका ५० वर्षका डा.बालकृष्ण कालाखेती, महोत्तरी जलेश्वर–१३ धवौली घर भई हाल जिल्ला काठमाण्डौं महानगर–३१ वानेश्वरका ६५ वर्षको नोवेल अस्पतालका डा.राकेश कुमार वर्मा, भक्तपुर जिल्ला, भक्तपुर नगरपालिका–६ बस्ने जमुना राज भण्डारी, गुल्मी रेसुङ्गा–५ घर भई हाल जिल्ला काठमाण्डौ टोखा–३ अस्थायी बसोबास गर्ने, प्रहरी सहायक निरीक्षक भिमप्रसाद खनाल, झापा कन्काई–२ घर भई हाल जिल्ला काठमाडौं–३ रानिवारीमा अस्थायी बसोबास गर्ने ३८ वर्षको निलम्बित प्रहरी नायक निरीक्षक योगेन्द्रराज थपलिया रहेका छन् ।
पक्राउ पर्ने अन्यमा भोजपुर हठुवागढी–९ घर भई जिल्ला भक्तपुर जगाती बस्ने रेश्मा राई, ललितपुर महानगरपालिका वडा नं.३ का वडा अध्यक्ष ५७ वर्षको श्रीगोपाल महर्जन, काठमाडों नागार्जुन–५ स्थायी घर भई हाल हरिसिद्धी बस्ने जिल्ला प्रशासन कार्यालय ललितपुरका तात्कालिन खरिदार ५८ वर्षको नवराज के.सी. र ललितपुर–२५, नख्खुटोल बस्ने ४९ वर्षका राजकुमार के.सी, जिल्ला प्रशासन कार्यालय ललितपुरका कार्यालय सहायक रहेका छन् ।
एक वर्षअघि काठमाडौँका एक पुरुषको मिर्गौला प्रत्यारोपणको विषयलाई लिएर उनीहरु नियन्त्रणमा परेका छन् । मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन,२०६४ को दफा ४ उपदफा १ (ग) को कसुर (प्रचलित कानुन बमोजिम बाहेक मानिसको कुनै अंग झिक्ने) भएकोले सोहि अनुसार अगाडि बढाइएको ब्युराका प्रवक्ता एसपी गोविन्द थपिलियाले बताए ।