Logo

आइतवार, श्रावण २४ गते २०८३

images

ललितपुरको गोदावरी नगरपालिकामा अख्तियारको छापा, दुई कर्मचारी अख्तियारको नियन्त्रणमा

ललितपुरको गोदावरी नगरपालिकामा अख्तियारको छापा, दुई कर्मचारी अख्तियारको नियन्त्रणमा

रामहरि कार्की

५, श्रावण २०७७
ललितपुरको गोदावरी नगरपालिकामा अख्तियारको छापा, दुई कर्मचारी अख्तियारको नियन्त्रणमा
images

ललितपुर । ललितपुरको गोदावरी नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल प्रहरीले संयुक्तरुपमा छापा हानेका छन् ।

प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद जैशी र ओभरसियर किशोर मोक्तानले सेवाग्राहीसँग रकम लिँदालिदै अख्तियारले छापा हानेको थियो । अख्तियारको टोलीलाई थप मद्यतको लागि महानगरीय प्रहरी वृत्त चापागाउँका प्रहरी निरीक्षक राजेन्द्र थापाले टोली पनि गोदावरी नगरपालिकामा गएको छ ।

अहिले नगरपालिका कार्यालय सिल गरेर अनुसन्धान भइरहेको छ । अख्तियार र प्रहरीको संयुक्त टोलीले कागजात नियन्त्रणमा लिएर अनुसन्धान गर्ने तयारी गरेको प्रहरीले जनाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता एवंं सूचना अधिकारी तारानाथ अधिकारी अनुसार सेवाग्राहीसँग १ लाख ५० हजार घुस लिइरहेको अवस्थामा रंगे हात नियन्त्रणमा लिएको जानकारी दिए । अख्तियारले जैसीको साथबाट ६० हजार र मोक्तानको साथबाट ४० हजार नगदसमेत बरामद गरेको स्रोतले बतायो । गोदावरी नगररपालिका भित्र निर्माणाधिन भ्यूटार निर्माण गर्नेसँग उक्त रकम माग गरेको स्रोतको दाबी छ ।

यसअघि नगरपालिकाको वडा नं १० को डाँडागाउँको जग्गा प्लटिङमा अनियमितता भएको भन्दै अख्तियारमा उजुरी परेको थियो । कार्यकारी अधिकृत जैसीले परिवारका नाममा वडा नम्बर १०, डाँडागाउँको प्लटिङको जग्गा पास गराएका छन् । कमिशन स्वरुप दुई कित्ताको ९ आना जग्गा कार्यकारी अधिकृत जैसीले छोरी र श्रीमतीको नाममा पास गराएको भन्दै अख्तियारमा उजुरी परेको थियो । यद्यपी जैसीले आफ्नो कमाईबाट जगा पास गरेको दैनिकीन्युजलाई बताएका थिए ।

यो पनि पढ्नुहोस

गोदावरीका प्रशासकीय अधिकृतविरुद्ध उजुरी, अख्तियारले छानविन थाल्यो

 

images
प्रकाशित मिति :श्रावण ५, २०७७ सोमवार - १३:३८:३२ बजे

 

रामहरि कार्की

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology