काठमाडौँ । बुधबार सुनचाँदीको भाउँ ह्वात्तै घटेको छ । मंगलबार सुन प्रति तोला १ लाख १ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेकोमा बुधबार प्रति तोलामा ६ हजार २०० रुपैयाँ घटेको छ ।
नेपाल सुन चाँदी ब्यबसायी महासंघका अनुसार बुधबार नेपाली बजारमा छापावाल सुन प्रति तोला ९५ हजार ५०० रुपैयामा कारोबार भइरहेको छ ।
त्यस्तै मंगलबार तेजाबी सुनको मूल्य तोलाको ९४ हजार ९ सय रुपैयाँ रहेको छ ।

बुधबार चाँदीको भाउ पनि घटेको छ । बुधबार चाँदी प्रति तोलामा २ सय २५ रुपैयाँ घटेर १ हजार २१० रुपौयाँमा कारोबार भैरहेको छ । तर मंगलबार चाँदी प्रतितोला १ हजार ३ सय ३५ रुपैयामा कारोबार भएको थियो ।
मंगलबार विश्वमै रुसले कोरोनाविरुद्धको सफल भ्याक्सिन बनाएको दाबी गरेसँगै विश्व बजारमा अन्य लगानीका क्षेत्रमा आशा बढेको छ। यसले पनि सुनको मूल्यमा गिरावट आएको विश्लेषकहरु बताउँछन्।