Logo

सोमवार, श्रावण २५ गते २०८३

images

गृहमन्त्रालयले रोक्यो सवारी पास दिने व्यवस्था

गृहमन्त्रालयले रोक्यो सवारी पास दिने व्यवस्था

दैनिकी न्यूज

२८, श्रावण २०७७
गृहमन्त्रालयले रोक्यो सवारी पास दिने व्यवस्था
images

काठमाडौं । सरकारले विहीबारदेखि अन्तर जिल्ला सवारी पास दिन रोक लगाएको छ । लकडाउनको समयदेखि
जिल्ला प्रशासन कार्यालयहरुले अत्यावश्यक सेवाका सवारी साधन चलाउन अन्तरजिल्ला सवारी पास दिँदै आएका थिए । गृह मन्त्रालयले बुधबार सबै जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गरी गृहले भोलि बिहीबारदेखि नै सवारी पास वितरण रोक्न निर्देशन दिएको हो।

गृहले जारी गरेको परिपत्रमा कोभिड १९ को उच्च जोखिमलाई मध्यनजर गरी अर्को व्यवस्था नभएसम्म मिति २०७७।४।२९ गतेदेखि लागू हुनेगरी वितरण नगर्नु नगराउनु भनिएको छ।

images
प्रकाशित मिति :श्रावण २८, २०७७ बुधवार - २१:४६:४६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology