काठमाडौँ । शुक्रबार सुनचाँदीको भाउ बढेको छ । बिहीबार सुन प्रति तोलामा २ हजार ४ सय रुपैयाँले बढेकोमा शुक्रबार पनि प्रति तोलामा ८ सय रुपैयाँले बढेको छ ।
बिहीबार प्रति तोला ९७ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन शुक्रबार प्रति तोला ९८ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै शुक्रबार तेजाबी सुनको मूल्य तोलाको ९८ हजार १ सय रुपैयाँ रहेको छ ।
शुक्रबार चाँदीको भाउ पनि बढेको छ । । बिहीबार चाँदी प्रति तोलामा ६० रुपैयाँ बढेर १ हजार ३५५ रुपौयाँमा कारोबार भैरहेको छ । तर बिहीबार चाँदी प्रतितोला १ हजार २९५ रुपैयामा कारोबार भएको थियो ।