Logo

आइतवार, श्रावण २४ गते २०८३

images

विभाजनको संघारबाट यसरी जोगियो नेकपा

विभाजनको संघारबाट यसरी जोगियो नेकपा

दैनिकी न्यूज

३०, श्रावण २०७७
विभाजनको संघारबाट यसरी जोगियो नेकपा
images

काठमाडौं । सत्तारुढ नेकपाका एकजना प्रभावशाली नेताले अब पार्टी नफुट्ने पक्का भएको ठोकुवा गरेका छन् ।
महासचिव विष्णु पौडेलले दुईअध्यक्षबीच शुक्रबार भएको समझदारीले अब पार्टी नफुट्ने सुनिश्चित भएको दाबी गरे । पार्टीमा देखिएको विवाद समाधानका लागि अध्यक्षद्वय केपी ओली र प्रचण्डको सहमतिमा ६ सदस्यीय कार्यदल गठनपछि पौडेलले पार्टी नफुट्ने सुनिश्चित भएको बताएका हुन् । पौडेल उक्त कार्यदलको संयोजक तोकिएका छन् ।

‘नेकपामा कुनै प्रकारको विग्रह हुँदैन, एकताबद्ध भएर अघि बढ्छ भन्ने आजका मितिदेखि सुनिश्चित भएको छ,’ पौडेलले भने, ‘नेकपामा विग्रहको खोजी गर्ने शक्ति, प्रवृत्ति र तत्वहरूले व्यर्थको कोसिस नगरे हुन्छ ।’

कार्यदलले पार्टीमा देखिएका समस्या के हुन् र समाधानका पक्ष के हुन सक्छन्, छलफल गरेर छिट्टै अध्यक्षहरूलाई प्रतिवेदन बुझाउने उनले बताए । कार्यदलले तयार गर्ने प्रतिवेदनकै आधारमा अध्यक्षद्वयले समाधानको खाका तयार गरी पार्टी बैठकहरूमा प्रस्तुत गर्ने उनको भनाइ छ । पौडेलको नेतृत्वको कार्यदलमा शंकर पोखरेल, भीम रावल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा र पम्फा भुसाल सदस्य छन् ।

images
प्रकाशित मिति :श्रावण ३०, २०७७ शुक्रवार - २२:५६:०१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology