बारा । बारा प्रहरीले जुवा खेलीरहेको अवस्थामा ७ जुवाडेहरुलाई पक्राउ गरेको छ । शनिबार जितपुरसिमरा उपमहानगरपालिका वडा नं. २ स्थित कुमार श्रेष्ठ र प्रधुम्न बैधले संचालन गर्दै आएको सगुन होटलको तेश्रो तल्लाको २०५ न. कोठामा जुवा कौडा खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी निरीक्षक सुर्यबहादुर रानामगरको कमान्डमा खटिएको प्रहरी टोलीले ७ जुवाडेलाई नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा बारा जितपुरसिमरा उपमहानगर–१५ बस्ने वर्ष ५१ को मान बहादुर लोप्चन, सर्लाही बागमती–१ बस्ने वर्ष ४१ को तारा कुमार श्रेष्ठ, बारा परवानीपुर–८ बस्ने वर्ष ३७ को जयराम दास, बारा कलैया उपमहानगर–२ बस्ने वर्ष ३५ को बिनोद प्रसाद यादव, जितपुरसिमरा उपमहानगर–१५ बस्ने वर्ष ४२ को मान बहादुर गुरुङ, सल्यान बढीमालिका–८ बस्ने वर्ष ३२ को भूबन चन्द र सिन्धुपाल्चोक बाह्रबिसे–७ बस्ने वर्ष २५ को पदम नेवार रहेको जिल्ला प्रहरी कार्यालय बाराका डिएसपी गौतम मिश्रले जानकारी दिए ।

प्रहरीले उनीहरुको साथबाट नगद २ लाख ९१ हजार ५०० रुपैयाँ, १६ थान कौडासमेत बरामत गरेको मिश्रको भनाई छ ।
यसबारे थप अनुसन्धन गरिरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।