काठमाडौं । पछिल्लो केहि दिन बढेको सुनको भाउ आज घटेको छ । आज सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको छ ।
अघिल्लो कारोबार दिन, शुक्रबार तोलामा ८० रुपैयाँले बढेर प्रतितोला ९८ हजार ६०० तोकिएको सुनको भाउ आइतबार घटेको हो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाला सुनको भाउ प्रतितोला ९८ हजार ४०० र तेजाबी सुन प्रतितोला ९७ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।
सुनका साथै चाँदीको भाउमा पनि आइतबार सामान्य गिरावट आएको छ । शुक्रबार तोलामा ६० रुपैयाँले बढेर प्रतितोला एक हजार ३५५ रुपैयाँ कायम रहेको चाँदी आज भने ३० रुपैयाँले घटेर प्रतितोला एक हजार ३२५ रुपैयाँमा खरिदबिक्री भएको छ ।
अन्तराष्ट्रिय बजारमा पनि सुन तथा चाँदी दुबैको भाउमा केहि दिन यता उतारचढाव देखिएको छ । सोहि कारण नेपाली बजारमा पनि त्यसको असर परेको हो ।