काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आइतबार दोहोरो अंकले बढेको छ ।
नेप्से परिसूचक १७.३३ अंकको घटेर सूचक १ हजार ३९१.४६ को विन्दुमा आएर आजको कारोबार बन्द भएको छ । त्यस्तै त्यस्तै गरी ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक पनि ४.९८ अंकले घटेर २८८.८६ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ । आज नेप्सेमा सूचीकृतमध्ये १८५ कम्पनीका ४३ लाख ७१ हजार ८५४ कित्ता सेयर १ अर्ब २५ करोड ९३ लाख २० हजार ८५० रुपैयाँ बराबरको कारोबार भयो । यस दिन २१ हजार ६०९ वटा कारोबार भएका छन् ।
आज कारोबारमा आएका १२ वटा समूहमध्ये व्यापार समूह बाहेक सबै समूहको शेयर मुल्य घटेका छन ।

आज नेपाल बैकले उच्च कारोबार गर्यो । यो कम्पनीको मात्र ८ करोड १४ लाख १९ हजार ३०१ रुपैयाँ बराबरको कारोबार भयो । यसैगरी नेपाल पुनर्बीमा कम्पनीका ७ करोड ७१ लाख १० हजार ५७७ रुपैया, नेपाल लाइफ इन्स्योरेन्सको ७ करोड ४४ लाख १५ हजार १४३ रुपैयाँ बराबरको कारोबार भयो ।

सर्वाधिक कमाउने कम्पनी

सर्वाधिक गुमाउने कम्पनी
