Logo

आइतवार, श्रावण २४ गते २०८३

images

ललितपुरमा थप ११ जनामा कोरोना संक्रमण, थपिएका सबै महानगरका

ललितपुरमा थप ११ जनामा कोरोना संक्रमण, थपिएका सबै महानगरका

दैनिकी न्यूज

३२, श्रावण २०७७
ललितपुरमा थप ११ जनामा कोरोना संक्रमण, थपिएका सबै महानगरका
images

ललितपुर । ललितपुरका थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थपिएका सबै ललितपुर महानगरपालिकामा बसोबास गर्ने हुन् ।  आइतबार दिउँसो स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा जिल्लामा पछिल्लो २४ घण्टामा ३८ संक्रमित रहेको जनाएको थियो ।
जिल्ला स्वास्थ्य कार्यालयले केहीबेरअघि अद्यावधिक गरेको रिपोर्ट अनुसार जिल्लामा कोरानाबाट थप ११ जना संक्रमित थपिएका हुन् ।
नयाँ थप भएको संख्यामा १ वर्षदेखि ८० वर्षसम्मका बृद्धा रहेका छन् । नयाँ संक्रमितमा ३ जना बाहेक ललितपुर महानगरपालिकामा अस्थायी बसोबास गर्ने रहेको स्वास्थ्य कार्यालय स्रोतले जनाएको छ । सरकारले साउन ७ गतेदेखि देशव्यापी गरेको लकडाउन खुला गरेसँगै ललितपुर महानगरपालिकामा संक्रमितको संख्या बढ्दै गएको छ । आइतबार ११जना नयाँ थप भएसँगै ललितपुरमा कोरोना संक्रमितको संख्या २ सय ७५ पुगेको छ ।

images
प्रकाशित मिति :श्रावण ३२, २०७७ आइतवार - २२:०३:१९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology