Logo

आइतवार, श्रावण २४ गते २०८३

images

सोमबार सुनचाँदीको भाउ घट्यो

सोमबार सुनचाँदीको भाउ घट्यो

दैनिकी न्यूज

१, भाद्र २०७७
सोमबार सुनचाँदीको भाउ घट्यो
images

काठमाडौं । सोमबार सुनचाँदीको भाउमा गिरावट आएको छ । आज सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाला सुनको भाउ प्रतितोला ९८ हजार २०० र तेजाबी सुन प्रतितोला ९७ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज (सोमबार) चाँदीको भाउमा सामान्य गिरावट आएको छ । आइतबार तोलामा ३० रुपैयाँले घटेर प्रतितोला १ हजार ३२५ रुपैयाँ कायम रहेको चाँदी आज भने १० रुपैयाँले घटेर प्रतितोला १ हजार ३१५ रुपैयाँमा खरिदबिक्री भएको छ ।

5-1.PNG

अन्तराष्ट्रिय बजारमा पनि सुन तथा चाँदी दुबैको भाउमा केहि दिन यता उतारचढाव देखिएको छ । सोहि कारण नेपाली बजारमा पनि त्यसको असर परेको हो ।

images
प्रकाशित मिति :भाद्र १, २०७७ सोमवार - १०:४६:५६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology